हेलिकप्टरबाट उद्धार गरिएकी सुत्केरीको मृत्यु
खाँदबारी, १० जेष्ठ – हेलिकप्टरबाट थप उपचारका लागि उद्धार गरिएकी खाँदबारी नगरपालिका ६ की सुत्केरी गंगा कार्कीको मृत्यु भएको छ । शुक्रबार राति साढे १० बजे उपचारका क्रममा थापाथली प्रसुति गृहमा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका डिएसपी मिमबहादुर लामाले बताउनुभयो । बच्चा गुमाएकी ३२ बर्षिया कार्कीलाई सेनाको हेलिकप्टरबाट शुक्रबार ४ बजे काठमाण्डौ लगिएको थियो । खाँदबारी ६ पांठा घर भएकी उनलाई जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि राष्टपति महिला उत्थान कार्यक्रम अन्तगत उनलाई उद्धार गरेर थप उपचारका लागि लगिएको थियो ।
प्रसव पीडाले च्यापेपछि कार्की जेस्ठ ४ गते जिल्ला अस्पताल खाँदबारीमा सुत्केरी हुन भर्ना भएकी थिइन । तर उनको पेटमा रहेको बच्चा अप्ठयरो गरेर बसेको चिकित्सकले पत्ता लगाएपछि विराटनगर स्थित नोबेल अस्पताल रिफर गरिएको थियो । नोबेल अस्पतालमा मृत शिसु जन्मेपछि उनी बेहोस भएकी थिईन् । त्यहाँ उनका परिवारले २ लाख बढी खर्च गरेका थिए । अस्पतालमा शुल्क तिर्न नसकेपछि कार्कीलाई परिवारले घर फर्काएको थियो ।
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्