पर्सामा निषेधाज्ञा हट्यो, बन्दाबन्दीमा कडाई

वीरगंज ६ जेठ । पर्सामा गत वैशाख ३१ गतेदेखि लागू भएको निषेधाज्ञा हट्ने भएको छ । जिल्ला प्रशासन कार्यालय पर्सामा सोमबार बसेको बैठकले सोमबार राति १२ बजेसम्म लागू गरिएको निषेधाज्ञा हटाउने निर्णय गरेको हो ।
जिल्लामा लागू गरिएको निषेधाज्ञा हटाउँदै लकडाउनलाई प्रभावकारी बनाउने निर्णय भएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिए । बैठकले समाजिक दुरी कायम गरेर कृषि तथा खेतीपाती गर्न दिने, ढुवानीको सहज वातावरण बनाउने, अतिआवश्यक उद्योगहरु सञ्चालन गर्ने, मलखाद, बिउ विजनको उचित प्रबन्ध गर्ने, खेती गर्ने किसानलाई उचित प्रोत्साहित गर्ने निर्णय गरेको बस्नेतले बताए ।
यसैगरी बैठकले भारतीय तरकारी र फलफुल आयातमा पूर्ण रुपमा प्रतिबन्ध लगाउने निर्णय समेत गरेको छ ।
मंगलबारदेखि वीरगञ्जका अतिआवश्यक खाद्य सामग्री विक्री वितरण गर्ने किराना पसलहरुमा सामाजिक दुरी कायम गरी उच्च स्वास्थ्य सतर्कताका साथ ग्राहक र पसलेले सामान खरिद तथा बिक्री गर्न पाउने निर्णय गरेको छ ।
गत वैशाख ३० गते एकैदिन ५७ जनामा कोरोना संक्रमण देखिएपछि जिल्ला प्रशासन कार्यालयले सेना परिचालन गर्नुको साथै निषेधाज्ञा जारी गरेको थियो ।
क्याटेगोरी : समाचार
ट्याग : #पर्सा
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्