टोखामा कोरोना बाट मृत्यु भएकी महिला बसेको स्थानमा थप परीक्षण दायरा बढाइयो
काठमाडौँ, ५ जेठ । कोरोना भाइरस (कोभिड १९)को संक्रमणबाट मृत्यु भएकी सिन्धुपाञ्चोककी महिला बसेको स्थान टोखामा परीक्षणको दायरा बढाईको छ ।
टोखा नगरपालिकाले उनी बसेको स्थानमा परीक्षणको दायरा बढाइएको नगरप्रमुख प्रकाश अधिकारीले जानकारी दिए ।
उनले हिजो आइतवारमात्र २५ जनाको कोभिड १९ परीक्षण गरिएको बताए ।
शुक्रबार कोभिड १९ को कारण मृत्यु भएकी सिन्धुपाञ्चोक वाह्रविसेकी २९ बर्षिया महिला सुत्केरी हुनुभन्दा पहिले टोखा नगरपालिका वडा ९ स्थित काभ्रेडेरीदेखि अरुण डेरीसम्मको ठाउँमा बसेकी थिइन । नगरपालिकाले उनी बसेको उक्त ठाउँलाई शनिवार नै सिल गरेको छ।
नगरप्रमुख अधिकारीले मृतकका नजिकका आफन्त नजिकका मानिसमा पनि परीक्षण गरिने बताए । उनले टोखाका प्राय सवै ठाउँमा परीक्षणको दायरा समेत बढाइएको जानकारी दिए ।
क्याटेगोरी : समाचार
ट्याग : ##कोभिड१९, #टोखा






तपाईको कमेन्ट लेख्नुहोस्