रेडियो संखुवासभाद्धारा प्रहरी, पत्रकार र कारागारलाई माक्स र ग्लोव्स

संखुवासभा–रेडियो संखुवासभाले जिल्ला प्रहरी कार्यालय, जिल्ला कारागार र नेपाल पत्रकार महासंघ संखुवासभालाई माक्स र ग्लोव्स उपलव्ध गराएको छ । रेडियोका अध्यक्ष कृष्णभगत प्रधानले प्रहरीलाई ५ सय थान सर्जिकल माक्स र ५ सय जोडी ग्लोव्स हस्तान्तरण गरे । उनले ती सामाग्री डिएसपी मिमबहादुर लामालाई हस्तान्तरण गरेका थिए । त्यस्तै अध्यक्ष प्रधानले कारागारका जेलर विनोद अधिकारीलाई कैदी बन्दीका प्रयोजनका लागि २ सय थान माक्स र पत्रकार महासंघका अध्यक्ष ईन्द्र गिरीलाई ५० जोडी ग्लोव्स र १ सय थान माक्स हस्तान्तरण गरे ।
प्रहरी प्रमुख डिएसपी लामाले यी सामाग्रीले फ्न्ट लाईनमा काम गर्ने प्रहरीलाई रातह मिल्ने बताउदै धन्यबाद दिए । कारागारका जेलर अधिकारीले कारागारभित्र संकमणको सबैभन्दा बढी डर भइरहेको बेला माक्स उपयोगी भएको बताए । पत्रकार महासंघका अध्यक्ष गिरीले यी सामाग्रीले संकटका बेला रिपोटिङ गर्न पत्रकारलाई सहज हुने पनि बताए । उनले माक्स र ग्लोव्स उपलव्ध गराएकामा रेडियो संखुवासभा प्रति आभार व्यक्त गरे ।
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ६काभ्रे कबड्डी लिग हुने, बिजेतालाई ३० हजार
- ७पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
- ८तारकेश्वरमा एक महिनादेखि प्रमुख प्रशासकिय अधिकृत नहुँदा जनताका आधारभूत काम ठप्प , भुक्तानी, ठेक्का सम्झौतादेखि बिषयगत शाखाका कर्मचारी टिक्नैसकेनन
तपाईको कमेन्ट लेख्नुहोस्