आज देखिएका सर्लाही, धनुषा र महोत्तरीका पुरानै, संक्रमित २४५ नै संक्रमित
काठमाडौँ, १ जेठ : कोरोना भाइरस (कोभिड १९)को संक्रमणको संख्या २४५ नै रहेको जनाइएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले निकालेको विज्ञप्ति अनुसार नयाँ देखिएका पाँच जना संक्रमित पुरानै रहेकोले संक्रमितको संख्या २४५ जना नै रहेको बताउनु भएको छ ।
यसअघिको मन्त्रालयले जारी गरेको विज्ञप्तिमा धनुषा, महोत्तरी र सर्लाही तीन जिल्लाका पाँच जना भनिएकोमा सच्चाइएको उहाँले जानकारी दिनुभयो ।
“ अद्यावधिक विवरण अनुसार कोभिड १९ को पुष्टि भएकाहरुको जम्मा संख्या २४५ नै रहेको छ,” उहाँले जारी गर्नु भएको विज्ञप्तिमा भनिएको छ, “ पछिल्लो अद्यावधिक विवरण अनुसार २५० भएकोमा प्राविधिक कारणले पहिल्यै नै पुष्टि भएका पाँच जनाको विवरण पुनः रिर्पोटिग भएको जानकारी गराउनु चाहन्छु ।”
यसअघि मन्त्रालयले २५० जनामा कोभिड १९ भएको पुष्टि गरेको थियो । मन्त्रालयले ७ः ४५ बजे जारी गरिएको विज्ञप्तिमा रहेका संक्रमित पुरानै रहेको जनाएको १०ः १५ बजे जारी गरिएको विज्ञप्तिमा जनाइएको छ ।
मन्त्रालयका सहप्रवक्ता डा. अधिकारीले आज देखिएका नयाँ संक्रमितमध्ये काठमाडौँ, चन्द्रागिरीका ३२ बर्षिय पुरुष र कपिलवस्तुका ६ बर्षिया बालिका मात्र रहेको बताउनुभयो ।
मन्त्रालयले पहिले दुई जना र पछि पाँच जना नयाँ संक्रमित रहेको भन्दै विज्ञप्ति मार्फत जानकारी गराएको थियो ।
क्याटेगोरी : ब्रेकिंग न्युज, विशेष, समाचार
ट्याग : #कोभिड १९
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्