Techie IT
आईतबार, चैत्र ९,२०८१

आज देखिए दुई संक्रमित, २१९ पुगे


काठमाडौँ, ३१ वैशाखः कोरोना भाइरस (कोभिड १९)को संक्रमण संख्या २१९ पुगेको छ ।

आज थप दुई जनामा देखिएपछि संक्रमितको संख्या २१९ पुगेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काभ्रेस्थित धुलिखेल अस्पतालमा धुलिखेल प्रयोगशालमा परीक्षणका क्रममा वाँके नेपालगंज ८ का ३६ बर्षिय पुरुष र राष्टिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षणका क्रममा कपिलवस्तु जिल्ला कपिलवस्तु नगरपालिका ५ का २२ बर्षिया पुरुषमा संक्रमण देखिएको हो ।

हिजो मंगलबारमात्र नेपालमा एकै पटक ८३ जनामा संक्रमण देखिएको थियो । मन्त्रालयका अनुसार दुवै संक्रमित व्यक्तिको अवस्था सामान्य र स्वास्थ्यकर्मीको सम्पर्कमा रहनु भएको छ ।

हिजो एक पटक ५७ र अर्को पटक पुनः २६ जनामा संक्रमण देखिएको पृष्टि गएको थियो । तिमध्ये दुई जना भक्तपुर र एक जना काठमाडौका रहेका थिए ।
आज दिउसो र अहिले गर्दा आजमात्र संक्रमितको संख्या ८३ पुगेको थियो । योसंख्या नेपालमा भेटिएको सवभन्दा ठूलो संख्या हो ।


क्याटेगोरी : ब्रेकिंग न्युज, विशेष, समाचार
ट्याग : #कोभिड १९


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
12°
Fair
6:02 am6:17 pm +0545