पर्यटन व्यवसायी मिङ्माले दिए खाँदबारी नगरपालिकालाई ३००० केजी चामल
संखुवासभा मकालुका पर्यटन व्यवसायि मिङ्मा शेर्पाले खाँदबारी नगरपालिकालाई ३ हजार के.जी. चामल सहयोग गरेका छन् । नेपाल शेर्पा संघ संखुवासभा मार्फत नगरपालिकालाई १ सय २० बोरा चामल सहयोग गरेको हो ।
नेपाल शेर्पा संघ, संखुवासभाका कार्यावाहक अध्यक्ष वाङ्छे शेर्पाको अनुरोधमा सेभेन समिट ट्रेक एण्ड ट्राभल्सका अध्यक्ष रहेका मिङमा शेर्पाले राहत सामाग्री सहयोग गर्नुभएको हो । कोभिड १९ माहामारीका कारण भएको लकडाउनबाट समस्या परेका अति विपन्न परिवारलाई नगरपालिका मार्फत राहत उपलब्ध गराएको हो ।
राहत सामाग्री बुझ्दै खाँदबारी नगरपालिकाका मेयर मुरारी प्रसाद खतिवडाले नेपाल शेर्पा संघ संखुवासभा र मिङ्मा शेर्पालाई धन्यवाद दिनुभयो । मेयर खतिवडाले नगरपालिकाले नगरपालिका मार्फत राहत कोष स्थापना गरि सहयोगका लागि अनुरोध गरिरहेको बताउनुभयो । खतिवडाले राहत आर्थिक भए बैंक खातामा र जिन्सी भए नगरपालिकामा सहयोग गर्न अनुरोध गरिएको बताउनुभयो ।
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- २तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ३तारकेश्वरमा एक महिनादेखि प्रमुख प्रशासकिय अधिकृत नहुँदा जनताका आधारभूत काम ठप्प , भुक्तानी, ठेक्का सम्झौतादेखि बिषयगत शाखाका कर्मचारी टिक्नैसकेनन
- ४यात्रुवाहक बसमाथि फपिङ प्रहरीको निगरानी : रौतहटका युवा लागुऔषध सहित पक्राउ
- ५काभ्रे कबड्डी लिग हुने, बिजेतालाई ३० हजार
- ६काठमाडौंमा भूकम्पको धक्का, धेरैबेर हल्लायो
- ७पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
- ८महानगरमा भाँडभैलो मच्चाएर बालेन बिदामा- प्रशासकीयलाई प्रवेश निषेध, निमित्तले जागिर नै छाडे
तपाईको कमेन्ट लेख्नुहोस्