पर्यटन व्यवसायी मिङ्माले दिए खाँदबारी नगरपालिकालाई ३००० केजी चामल
संखुवासभा मकालुका पर्यटन व्यवसायि मिङ्मा शेर्पाले खाँदबारी नगरपालिकालाई ३ हजार के.जी. चामल सहयोग गरेका छन् । नेपाल शेर्पा संघ संखुवासभा मार्फत नगरपालिकालाई १ सय २० बोरा चामल सहयोग गरेको हो ।
नेपाल शेर्पा संघ, संखुवासभाका कार्यावाहक अध्यक्ष वाङ्छे शेर्पाको अनुरोधमा सेभेन समिट ट्रेक एण्ड ट्राभल्सका अध्यक्ष रहेका मिङमा शेर्पाले राहत सामाग्री सहयोग गर्नुभएको हो । कोभिड १९ माहामारीका कारण भएको लकडाउनबाट समस्या परेका अति विपन्न परिवारलाई नगरपालिका मार्फत राहत उपलब्ध गराएको हो ।

राहत सामाग्री बुझ्दै खाँदबारी नगरपालिकाका मेयर मुरारी प्रसाद खतिवडाले नेपाल शेर्पा संघ संखुवासभा र मिङ्मा शेर्पालाई धन्यवाद दिनुभयो । मेयर खतिवडाले नगरपालिकाले नगरपालिका मार्फत राहत कोष स्थापना गरि सहयोगका लागि अनुरोध गरिरहेको बताउनुभयो । खतिवडाले राहत आर्थिक भए बैंक खातामा र जिन्सी भए नगरपालिकामा सहयोग गर्न अनुरोध गरिएको बताउनुभयो ।
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ४काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ५रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ६चुनावको पूर्वसन्ध्यामा काठमाडौं–७ मा एमाले प्रवेशको लहर , बज्राचार्यसहित दर्जनौँ युवा प्रवेश
- ७एकैदिन दुई पूर्वमन्त्री, वीरगञ्जका मेयरसँगै १४ जना वडाध्यक्षहरु एमालेमा प्रवेश
- ८पारदर्शिता, संरचना र सहकार्यको बाटोमा बर्दिवास उद्योग वाणिज्य संघको तीन वर्षे यात्रा






तपाईको कमेन्ट लेख्नुहोस्