Techie IT
आईतबार, माघ १३,२०८१

जंगली च्याउ खाएर संखुवासभामा थप एकको मृत्यु


सभापोखरी गाउँपालिकामा जंगली च्याउ खाएर बिरामी परेकामध्ये थप एक जनाको आइतबार मृत्यु भएको छ । जंगली च्याउ खाएर बिरामी भएकी सभापोखरी २ गोठगाउँकी २४ वर्षीया अनिता राईको उपचार क्रममा विराटनगरमा मृत्यु भएको हो ।

गत २० गते शनिबार जंगली च्याउ खाएर तीन परिवारका १० जना बिरामी परेका थिए । १० जनामध्ये एक जनाको २६ गते मृत्यु भएको थियो । जिल्ला अस्पताल खाँदबारीमा अनिताको उपचार हुन नसकेपपछि बिराट नर्सिङ होममा उपचार क्रममा आइतबार बिहान ६ बजे मृत्यु भएको सभापोखरी गाउँपालिका २ का वडाध्यक्ष डिकबहादुर सुवेदीले बताउनुभयो ।

एकै गाउँका अन्य आठ जना भने उपचारपछि घर फर्किएका सभापोखरी गाउँपालिका अध्यक्ष रत्न सुब्बाले जानकारी दिनुभयो ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
14°
Haze
6:51 am5:40 pm +0545