लिपुलेकमा सडकमार्ग बनाएको विरोधमा टोखामा प्रदर्शन
न्यूज अफ टोखा, काठमाडौँ । भारतले नेपाली भूमि अतिक्रमण गर्दै लिपुलेकमा सडकमार्ग बनाएको विरोधमा टोखामा प्रदर्शन भएको छ ।
नेपाल मजदुर किसान पार्टी टोखा नगर समितिले आइतबार भारतले नेपाली भूमि अतिक्रमण गर्दै लिपुलेकमा एक तर्फि रुपमा सडक बनाएकोमा विरोधमा प्रदर्शन गरिएको हो ।
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे (रोहित)को अध्यक्षतामा २०७७ बैशाख २७ गते बसेको पार्टी केन्द्रीय सचिवालको बैठकले भारतले नेपालको भूमि लिपुलेक अतिक्रमण गरी लिपुलेक भन्ज्याङसम्म सडक निर्माण गरेकोलाई विरोध एवम् भर्त्सना गरेको थियो ।

भारतीय रक्षामन्त्री राजनाथ सिंहले बैशाख २६ गते भारतको उत्तराखण्डको पिथौरागढ जिल्लाको धार्चुलादेखि नेपालको भूमि लिपुलेकसम्म ८० कि.मि सडक भिडियो कन्फरेन्समार्फत उद्घाटन गरेको थियो । भारतीय विस्तारवादले नेपाली भूमि गुन्जी, नाभीढाङ र लिपुलेक अतिक्रमण गरी सडक निर्माण कार्य गरेको नेपालको सार्वभौमिकतामाथि हस्तक्षेप हो, नेमकिपा केन्द्रीय समितिले जारी गरेको प्रेस वक्तव्यमा भनेको छ ।
नेमकिपा केन्द्रीय समितिले प्रेस वक्तव्य जारी गरी भनेको छ – ‘ सुगौली सन्धिअनुसार महाकाली नदीपूर्वको लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपाली भूभाग हो । नेपालको भूभाग गुन्जी र कालापानीसम्म भारले आफ्नो सेना तैना गरेकोमा नेपाली जनताले विरोध गर्दै छन् । भारतीय विस्तारवादले नेपाली भूमि लिपुलेक अतिक्रमण गरी धार्चुला-लिपुलेक भन्ज्याङ सडक सन् २००८ देखि निर्माण सुरु गरी गत महिना सम्पन्न गर्दा समेत नेपाल सरकारले चासो नदेखाएको र आफ्नो भूमि रक्षा गर्न नसकेको खेदजनक छ ।
क्याटेगोरी : समाचार
ट्याग : #टोखामा प्रदर्शन
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ४काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ५रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ६एकैदिन दुई पूर्वमन्त्री, वीरगञ्जका मेयरसँगै १४ जना वडाध्यक्षहरु एमालेमा प्रवेश
- ७चुनावको पूर्वसन्ध्यामा काठमाडौं–७ मा एमाले प्रवेशको लहर , बज्राचार्यसहित दर्जनौँ युवा प्रवेश
- ८पारदर्शिता, संरचना र सहकार्यको बाटोमा बर्दिवास उद्योग वाणिज्य संघको तीन वर्षे यात्रा






तपाईको कमेन्ट लेख्नुहोस्