लिपुलेकमा सडकमार्ग बनाएको विरोधमा टोखामा प्रदर्शन

न्यूज अफ टोखा, काठमाडौँ । भारतले नेपाली भूमि अतिक्रमण गर्दै लिपुलेकमा सडकमार्ग बनाएको विरोधमा टोखामा प्रदर्शन भएको छ ।
नेपाल मजदुर किसान पार्टी टोखा नगर समितिले आइतबार भारतले नेपाली भूमि अतिक्रमण गर्दै लिपुलेकमा एक तर्फि रुपमा सडक बनाएकोमा विरोधमा प्रदर्शन गरिएको हो ।
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे (रोहित)को अध्यक्षतामा २०७७ बैशाख २७ गते बसेको पार्टी केन्द्रीय सचिवालको बैठकले भारतले नेपालको भूमि लिपुलेक अतिक्रमण गरी लिपुलेक भन्ज्याङसम्म सडक निर्माण गरेकोलाई विरोध एवम् भर्त्सना गरेको थियो ।
भारतीय रक्षामन्त्री राजनाथ सिंहले बैशाख २६ गते भारतको उत्तराखण्डको पिथौरागढ जिल्लाको धार्चुलादेखि नेपालको भूमि लिपुलेकसम्म ८० कि.मि सडक भिडियो कन्फरेन्समार्फत उद्घाटन गरेको थियो । भारतीय विस्तारवादले नेपाली भूमि गुन्जी, नाभीढाङ र लिपुलेक अतिक्रमण गरी सडक निर्माण कार्य गरेको नेपालको सार्वभौमिकतामाथि हस्तक्षेप हो, नेमकिपा केन्द्रीय समितिले जारी गरेको प्रेस वक्तव्यमा भनेको छ ।
नेमकिपा केन्द्रीय समितिले प्रेस वक्तव्य जारी गरी भनेको छ – ‘ सुगौली सन्धिअनुसार महाकाली नदीपूर्वको लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपाली भूभाग हो । नेपालको भूभाग गुन्जी र कालापानीसम्म भारले आफ्नो सेना तैना गरेकोमा नेपाली जनताले विरोध गर्दै छन् । भारतीय विस्तारवादले नेपाली भूमि लिपुलेक अतिक्रमण गरी धार्चुला-लिपुलेक भन्ज्याङ सडक सन् २००८ देखि निर्माण सुरु गरी गत महिना सम्पन्न गर्दा समेत नेपाल सरकारले चासो नदेखाएको र आफ्नो भूमि रक्षा गर्न नसकेको खेदजनक छ ।
क्याटेगोरी : समाचार
ट्याग : #टोखामा प्रदर्शन
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्