पुराना दलबाट नेताका श्रीमतीहरू समानुपातिक सांसद बन्दै
काठमाडौं। नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी जस्ता पुराना पार्टीमा नेताका श्रीमतीहरू समानुपातिक सांसद बन्दैछन्। नातावादविरूद्ध समेत भएको ‘जेन-जी’ आन्दोलनपछि पनि पुराना दलबाट नेता कै श्रीमती समानुपातिक सांसद बन्ने भएका छन्। आर्थिक, सामाजिक र शैक्षिक रूपमा पछाडि परेका महिलालाई समानुपातिक प्रतिनिधित्व गराउनु पर्नेमा पुराना दलहरूले नेताका श्रीमतीलाई समानुपातिक सांसद बनाउने भएका हुन्।
निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीबाट सांसद छान्ने प्रक्रिया अघि बढाएको छ। पुराना दलबाट निर्वाचन आयोगमा बुझाएको समानुपातिकको बन्द सूची हेर्दा नेताका श्रीमतीहरू नै सांसद बन्ने देखिन्छ।
नेपाली कांग्रेसबाट पूर्वमन्त्री बेलबहादुर केसीको श्रीमती रिना उप्रेती समानुपातिक सांसद बन्ने निश्चित छ। केसी नेपाली कांग्रेसका पटकपटक अवसर पाएका नेता हुन्। अहिले उनकै श्रीमती सांसद बन्ने देखिन्छ।
नेकपा एमालेबाट पूर्वमन्त्रीद्वय बसन्तकुमार नेम्वाङ श्रीमती भूमिका लिम्बु र शेरबहादुर तामाङकी श्रीमती उषाकला राई समानुपातिक सांसद बन्ने देखिन्छ। एमालेबाट पटकपटक सांसद र मन्त्री बनेका बसन्त र शेरबहादुरको श्रीमती समानुपातिक सांसद बन्ने भएका हुन्। शेरबहादुर तामाङले सिन्धुपाल्चोक-२ बाट प्रत्यक्षमा तेस्रो स्थानमा सीमित भएर चुनाव हारेपनि श्रीमती उषाकला राई सांसद बन्ने निश्चित छ। कोशी प्रदेशको मन्त्री र पटकपटक सांसद बनेकी उषाकला फेरि समानुपातिक सांसद बन्ने भएकी हुन्।
नेपाली कम्युनिष्ट पार्टीका नेता एवं पूर्वमन्त्री देवेन्द्र पौडेलको श्रीमती बलावती शर्मा पनि समानुपातिक सांसद बन्दैछिन्। माओवादीमा हुँदा पटकपटक अवसर पाएका, सांसद र मन्त्री भएका पौडेलकी श्रीमती बलावती समानुपातिक सांसद बन्ने भएकी हुन्। नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) , प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर दुईबाट जमानत समेत जोगाउन नसकेर सातौं स्थानमा धकेलिएका पौडेल श्रीमतीलाई सांसद बनाउने चित्त बुझाउने अवस्थामा छन्।
राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रभावशाली नेता बुद्धिमान तामाङकी श्रीमती सरस्वती लामा पनि समानुपातिक सांसद बन्ने भएकी हुन्। पटकपटक अवसर पाएका पूर्व गृहमन्त्री तामाङकी श्रीमती राप्रपाबाट समानुपातिक सांसद बन्ने निश्चित देखिन्छ।
पुराना दलको यस्तै रबैयाका कारण आम नागरिकले मत परिवर्तन गरेर राष्ट्रिय स्वतन्त्र पार्टीलाई खन्याइदिएका छन्। पुराना दलले नेताका श्रीमती सांसद बनाएर समानुपातिक निर्वाचन प्रणालीको व्यापक हुर्मत लिएका छन्। तरमारा वर्गकै कब्जामा समानुपातिक सांसद रहेको देखिन्छ। अझै पनि कांग्रेस, एमाले, नेकपा, राप्रपा जस्ता पुराना दलले सुध्रिने छाँट देखाएका छैनन्।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #पुराना दलबाट नेताका श्रीमतीहरू समानुपातिक सांसद बन्दै
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्