कार्यकर्तालाई हर्क साम्पाङको चेतावनी– समानुपातिकको विषयमा रोइलो गरे पार्टीबाट निष्कासन गर्छु
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले समानुपातिक विषयमा रोइलो गर्नेलाई साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निष्कासन गर्ने चेतावनी दिएका छन् ।
थ्रेसहोल्ड कटाएर राष्ट्रिय पार्टी बनेको श्रम संस्कृति पार्टीमा समानुपातिक सांसदका लागि हानाथाप भएपछि उनले शुक्रबार सामाजिक सञ्जालमा लेख्दै यस्तो चेतावनी दिएका हुन् ।
उनले लेखेका छन्, ‘अब उप्रान्त समानुपातिकको विषयमा रोइलो गर्ने जति सबैलाई साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निष्कासन गर्नेछु ! हद भो ।’
हालै सम्पन्न प्रतिनिधिसभाको चुनावमा ३ लाख ८५ हजार ९०२ मत प्राप्त गरेको श्रम संस्कृति पार्टीले समानुपातिकमा ४ सिट प्राप्त गरेको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #कार्यकर्तालाई हर्क साम्पाङको चेतावनी– समानुपातिकको विषयमा रोइलो गरे पार्टीबाट निष्कासन गर्छु
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति






तपाईको कमेन्ट लेख्नुहोस्