Techie IT
मंगलबार, वैशाख ८,२०८३

बालेन शाहद्वारा राजनीतिक भेटघाट सुरु, आज प्रचण्डसँग एकघन्टा छलफल


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहले राजनीतिक भेटघाट सुरु गरेका छन् । उनले आज बिहान नेपाली कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटघाट र छलफल गरेका हुन् ।

प्राप्त समाचार अनुसार आज बिहान करिब साढे ८ बजे बालेन वरिष्ठ नेता शाह प्रचण्ड निवास हात्तिबन पुगेका थिए । शाह र प्रचण्डका बीचमा करिब एक घन्टा कुराकानी भएको समाचार स्रोतले जानकारी दिएको छ । स्रोातका अनुसार प्रचण्ड र शाह बिच निर्वाचन पछि यो तेश्रो भेटघाट हो ।

रास्वपा समाचार स्रोतका अनुसार प्रधानमन्त्रीका रुपमा सत्तारोहणको तयारीमा रहेका नेता शाहले विभिन्न राजनीतिक दलका नेताहरुसँग राजनीतिक भेटघाट सुरु गरेका हुन् । उनले अन्य दलका नेताहरुसँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत रास्वपाले प्रत्यक्ष १२५ सिटमा विजय हासिल गरेको छ । यता समानुपातिकको मतगणना पनि सकिएको छ । तर ११० सिटका लागि प्राप्त यो मत अनुसारको सिट भने बाँडफाँड भइसकेको छैन ।

सम्भवत आगामी चैत महिनाको पहिलो हप्ताको अन्तिमतिर बालेन प्रधानमन्त्री बन्ने तयारी छ । रास्वपाले झण्डै दुई तिहाई संख्या प्राप्त गर्ने बलियो सम्भावना रहेको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #आज प्रचण्डसँग एकघन्टा छलफल, #बालेन शाहद्वारा राजनीतिक भेटघाट सुरु


तपाईको कमेन्ट लेख्नुहोस्