राप्रपा समानुपातिक उम्मेदवार भरत गिरी – राष्ट्रहितको एजेन्डासहित देशव्यापी अभियान
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का मधेश प्रदेश अध्यक्ष तथा समानुपातिक उम्मेदवार भरत गिरी यतिखेर मधेश प्रदेशका विभिन्न जिल्लामा चुनावी अभियानलाई तीव्र बनाउँदै जनसम्पर्कमा जुटेका छन्। मधेशको समग्र विकास र जनजीवनको उन्नतिलाई केन्द्रमा राख्दै उनी घरदैलो, भेटघाट र कोणसभामार्फत मतदातासँग प्रत्यक्ष संवाद गरिरहेका छन्।
अभियानका क्रममा गिरीले गाउँ–गाउँ र टोल–टोलमा पुगेर स्थानीय नागरिकका गुनासा, सुझाव र अपेक्षाहरू सुन्दै पार्टीका आगामी योजना र दृष्टिकोणबारे जानकारी दिइरहेका छन्। उनले अभियानलाई व्यवस्थित र प्रभावकारी बनाउन केन्द्रीय नेतृत्वदेखि प्रदेश, जिल्ला र स्थानीय तहसम्मका कार्यसमिति, उम्मेदवार तथा भ्रातृ संगठनहरूलाई सक्रिय भूमिका निर्वाह गर्न आह्वान गरेका छन्।
उनका अनुसार मधेशको समृद्धिका लागि कृषि उत्पादनमा वृद्धि, किसानमैत्री नीति कार्यान्वयन, ऊर्जा र जलस्रोतको उचित उपयोग, शिक्षा तथा स्वास्थ्य क्षेत्रमा गुणस्तरीय सुधार, धार्मिक–सांस्कृतिक पहिचानको संरक्षण र आर्थिक आत्मनिर्भरता जस्ता विषयहरूलाई प्राथमिकतामा राखिएको छ। यी एजेन्डामार्फत मधेशलाई दीर्घकालीन विकासको मार्गमा अघि बढाउने लक्ष्य रहेको उनले उल्लेख गरेका छन्।
विभिन्न स्थानमा सम्पन्न घरदैलो कार्यक्रम र कोणसभामा बोल्दै गिरीले राप्रपाको कार्यदिशा र प्रतिबद्धता जनतामाझ स्पष्ट रूपमा पुगेको दाबी गरेका छन्। आगामी निर्वाचनमा पार्टीका उम्मेदवारहरूले जनविश्वासका आधारमा सफलता हासिल गर्ने विश्वास उनले व्यक्त गरेका छन्।
“राष्ट्रहित, सुशासन र समृद्ध मधेश निर्माण हाम्रो साझा लक्ष्य हो,” उनले बताए।
आगामी निर्वाचनमा चुनाव चिन्ह ‘हलो’मा मतदान गरी राप्रपालाई सशक्त बनाउन उनले मतदातासँग आग्रह गरेका छन्। ‘देशको भलोमा, एक भोट हलोमा’ भन्ने नारासहित राप्रपाले मधेश केन्द्रित चुनावी अभियानलाई थप प्रभावकारी बनाउँदै संगठन सुदृढीकरण, कार्यकर्ता परिचालन र मतदाता संवादलाई प्राथमिकतामा राखेको जनाएको छ।
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्