मधेश केन्द्रित एजेन्डासहित भरत गिरीको जनतासँग प्रत्यक्ष संवाद
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का मधेश प्रदेश अध्यक्ष तथा समानुपातिक उम्मेदवार भरत गिरी यतिबेला मधेश प्रदेशमा कार्यकर्ता भेटघाट तथा घरदैलो कार्यक्रममा सक्रिय रूपमा अघि बढिरहेका छन। मधेश र यहाँका जनताको उन्नति तथा प्रगतिलाई मुख्य एजेन्डा बनाउँदै उनी गाउँ–गाउँ, टोल–टोलमा पुगेर मतदाता भेटघाटमा व्यस्त छन।
भरत गिरी मधेश प्रदेशका विभिन्न जिल्लामा पुगेर जनमानसका गुनासा, सुझाव तथा अपेक्षा संकलन गर्दै चुनावी कार्यक्रममा सहभागी भइरहेका छन। उनका अनुसार अभियानलाई प्रभावकारी र सफल बनाउन केन्द्रीय पदाधिकारी, केन्द्रीय सदस्य, प्रदेश कार्यसमिति, जिल्ला तथा स्थानीय तहका कार्यसमिति, उम्मेदवार र भ्रातृ संगठनहरूले आ–आफ्नो क्षेत्रबाट सक्रिय भूमिका निर्वाह गर्न आग्रह गरिएको छ।
अध्यक्ष गिरीले वर्तमान समयमा कृषि उत्पादन वृद्धि, किसानमुखी नीति अवलम्बन, ऊर्जा तथा पानीको सदुपयोग, शिक्षा र स्वास्थ्य क्षेत्रमा गुणात्मक सुधार, धार्मिक–सांस्कृतिक पहिचानको संरक्षण तथा आर्थिक आत्मनिर्भरतालाई राप्रपाको प्रमुख प्राथमिकताका रूपमा अघि सार्नुपर्नेमा जोड दिएका छन।
मधेशका विभिन्न स्थानमा सम्पन्न घरदैलो कार्यक्रम र कोणसभामार्फत जनतासँग प्रत्यक्ष संवाद गर्दै गिरीले राप्रपाको योजना, कार्यदिशा र प्रतिबद्धता जनतामाझ स्पष्ट रूपमा पुगेको दाबी गरे। उनले आगामी निर्वाचनमा राप्रपाका उम्मेदवारहरू विजयी हुने विश्वाससमेत व्यक्त गरेका छन।
“राष्ट्रहित, सुशासन र समृद्ध मधेश निर्माणप्रति हाम्रो प्रतिबद्धता स्पष्ट छ,” उनले भने।
आगामी निर्वाचनमा चुनाव चिन्ह ‘हलो’मा मतदान गरी राप्रपालाई सशक्त बनाउन उनले मतदातासँग अपिल गरेका छन।
राप्रपाले ‘देशको भलोमा, एक भोट हलोमा’ नारासहित मधेश केन्द्रित चुनावी अभियानलाई तीव्रता दिएको जनाएको छ। कार्यक्रममार्फत पार्टीले संगठन सुदृढीकरण, कार्यकर्ता परिचालन तथा मतदाता संवादलाई उच्च प्राथमिकतामा राखेको बताइएको छ।
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्