Techie IT
सोमबार, चैत्र १०,२०८१

दुईसय बाह्र जना सांसदको स्वाब रिर्पार्ट नेगेटिभ, त्रिसठ्ठी जनाको रिपोर्ट आउन बाँकी, चउन्न सांसद परिक्षणमा छुटे


काठमाडौं । प्रतिनिधि सभा र राष्ट्रिय सभाका गरि २०३ र पछि थप परिक्षण गरिएका ९ जना गरि २१२ जना सांसदको विहिबार गरिएको थ्रोट स्वाब परिक्षणको रिपोर्ट नेगेटिभ आएको छ ।

बिहिबार हामीले समाचार संकलन गर्दासम्म परिक्षणमा प्रतिनिधि सभातर्फका १७० जना र राष्ट्रियसभातर्फका ३३ जना गरि जम्मा २ सय ३ जनाको स्वाब परिक्षण गरिएको थियो । भने पछि थप ९ जनाको पनि स्वाब परिक्षण गरिएको थियो । साथै सोही परिक्षणमा संसद सचिवालयका अन्य कर्मचारिको समेत स्वाब परिक्षण गरिएकोमा उनिहरु सबैको पनि रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडमियोलजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेले जानकारी दिनुभयो ।

बिहिवार विहान १० बजेदेखि संघिय संसद भवनको ल्होत्सेहलमा उक्त परिक्षण कार्य शुरु गरिएको थियो । परिक्षण गर्न छुटेका बाँकी सांसदको भने शुक्रबार विहान साढे आठ बजेबाट परिक्षण शरु गरिएको थियो । यसरी संकलन गरिएको स्वाब टेकु स्थित राष्ट्रिय जनास्वास्थ्य प्रयोगशालामा पठाएको जनाइएको छ ।

शुक्रबारको परिक्षणमा पनि ५४ जना सांसद भने छुटेको स्रोतको भनाई छ । शुक्रबार अपरान्ह ४ बजेदेखी संसद बैठक चलिरहेको छ । यद्यपी अब यो बैठकमा सहभागी हुन भने स्वाब रिपोर्ट नेगेटिभ भएको प्रमाण लिएर जानु पर्ने जनाइएकोले  स्वाब रिपोर्ट नआइसकेका सांसद भने यो बैठकमा सहभागी हुनबाट बन्चित हुनेछन् ।


क्याटेगोरी : समाचार
ट्याग : #स्वाब रिपोर्ट नेगेटिभ


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
16°
Fair
6:01 am6:18 pm +0545