Techie IT
बुधबार, माघ २९,२०८२

मुगुको सोरुमा अज्ञात रोग फैलिँदा २०० भन्दा बढी भेडा–बाख्रा मरे


मुगु जिल्लाको सोरु गाउँपालिका–१० र ११ का विभिन्न गाउँमा पछिल्लो एक महिनादेखि अज्ञात पशुरोग फैलिँदा २०० भन्दा बढी भेडा र बाख्राको मृत्यु भएको छ। दई, कोटवाडा, धैन, लोली, तलिवडा, हितवाडा, रोकयावाडा र कोट गाउँमा रोग तीव्र रूपमा फैलिएको हो।

भेडा–बाख्रापालन नै मुख्य पेशा रहेका यी वडामा पशु मर्न थालेपछि स्थानीय गोठालाहरू गम्भीर चिन्तामा परेका छन्। नेपाल किसान महासंघ कर्णाली प्रदेशका उपाध्यक्ष रत्नलाल देवकोटाका अनुसार यी दुई वडामा करिब १,५०० देखि २,००० भेडा–बाख्रा छन्।

संक्रमित पशुमा फोक्सोमा पिप जम्ने, शरीरभरि पानीका फोका आउने, कपाल सुन्निने, दुब्लाउने, खोकी लाग्ने र लुतो देखिने जस्ता लक्षण देखिएको गोठालाहरूले बताएका छन्।


क्याटेगोरी : समाचार
ट्याग : #breaking


तपाईको कमेन्ट लेख्नुहोस्