नेपालगंजमा फेरि भेटिए सात संक्रमित, ८२ पुगे
काठमाडौं । नेपालगन्जका थप ७ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले भेरी अस्पतालस्थित प्रयोगशालामा भएको परीक्षणमा ७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको हो ।
संक्रमितहरुमा नेपालगन्ज ८ निवासी २२, ३० र ४० वर्षका पुरुष रहेका छन् भने ९, ३२, ३४ र ५५ वर्षका पहिला रहेका छन् । उनका अनुसार योसँगै नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या ८२ जना पुगेको छ ।
बाँकेमा मात्रै कोरोनाभाइरस संक्रमितको संख्या २३ पुगेको छ । यद्यपी सबैको स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरु स्वास्थ्यकर्मीको निगरानीमा रहेको मन्त्रालयले जनाएको छ हाल नेपालगन्जमा कोरोनाभाइरस संक्रमितको संख्या बढ्दै गएपछि स्थानीयप्रशासनले नेपालगन्ज उपमहानगर क्षेत्रलाई आजदेखि निषेधित क्षेत्र घोषणा गरको छ ।
लकडाउनका वेलासमेत सर्वसाधारणले हिँडडुल गर्न नछाडेपछि उपमहानगरका २३ वटै वडा तीन दिनका लागि निषेधित क्षेत्र घोषणा गरिएको हो ।
प्रशासनका अनुसार मंगलबारदेखि बिहीबार मध्यरातसम्म लागू हुने गरी उपमहानगरलाई निषेधित क्षेत्र घोषणा गरिएको हो ।
क्याटेगोरी : ब्रेकिंग न्युज, विशेष, समाचार
ट्याग : #कोरोनाभाइरस
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्