नेपालगन्ज उपमहानगरपालिका ‘निषेधित क्षेत्र’ घोषणा

बाँके, २२ वैशाख ः बाँकेको नेपालगन्ज उपमहानगरपालिकालाई तीन दिनका लागि निषेधित क्षेत्र घोषणा गरिएको छ । प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काको अध्यक्षतामा आज बसेको सर्बदलिय सर्वपक्षिय बैठकले यस्तो निर्णय गरेको हो ।
बैठकले बैशाख २३ गते विहान ११ बजेदेखि २५ गते मध्यरातसम्मका लागि पूर्णरुपले निषेधित क्षेत्र कार्यान्वयन गर्ने निर्णय भएको प्रजिअ खड्काले बताए । त्यस्तै बैठकले सब्जी मण्डीलाई अर्को निर्णय नभएसम्मका लागि बन्द गर्ने निर्णयसमेत गरेको छ ।
बैठकले सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, स्वाव संकलन गर्ने र कन्ट्रयाक्ट ट्रेसिङ्गका जनशक्तिबाहेक अन्यलाई आवागमनमा पूर्णरुपमा रोक लगाउने निर्णय गरेको छ । आफ्नो क्षेत्र सुरक्षित गर्ने बहानामा कुनैपनि किसिमले बाटो छेक्ने, राजमार्ग रोक्ने कार्य कोही कसैबाट गर्न नपाइने र त्यस प्रकारको कार्य गरेमा कानुनी कारवाहीसमेत गर्ने निर्णय गरेको छ ।
सामाजिक तथा धार्मिक सद्भावमा आँच आउने, खलल पर्ने सामाग्री प्रकाशन, प्रसारण र पोष्ट गर्ने व्यक्तिको पहिचान गरी तत्काल कानुनी दायरामा ल्याउने निर्णयसमेत बैठकले गरेको छ । नेपालगन्जमा शुक्रबार र आइतबार गरी १६ जनामा कोरोना संक्रमण देखिएपछि उपमहानगरपालिकालाई निषेधित क्षेत्र घोषणा गरिएको प्रजिअ खड्काको भनाई छ ।
क्याटेगोरी : ब्रेकिंग न्युज, विशेष, समाचार
ट्याग : #नेपालगन्ज
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्