साथी संस्थाद्धारा शंकरापुर नगरपालिकालाई स्वास्थ्य सामाग्री हस्तान्तरण
काठमाडौं । साथी नेपाल संस्थाले शंखरापुर नगरपालिकालाई कोरोना भाइरस संक्रमण हुनबाट वच्नका लागि आवश्यक स्वास्थ्य सामाग्री उपलब्ध गराएको छ ।
सस्थाका अध्यक्ष सरिता सापकोटाले नगरपालिकाका मेयर सुवर्ण श्रेष्ठलाई पि पि ई, माक्स, पन्जा लगाएतका सामान सहयोग हस्तान्तरण गरेकी हुन् ।
नगरपालिकाका मेयरले पनि सहयोग गरेकोमा नगरपालिकाका तर्फबाट वधाई तथा धन्यवाद दिएका थिए। उनले सामाग्री स्वास्थ्यकर्मीलाई कोरोना भाइरस रोगको उपचार गर्नका लागि प्रयोग गरिने बताए ।
संस्थाले विश्व स्वास्थ्य संगठनले दिएको अन्तर्राष्ट्रिय मान्यता प्राप्त विवरण अनुसारका सामान सहयोग गरेको हो। संस्थाले विभिन्न सामाजिक कार्यक्रम गर्दै आएको छ। महिला सशक्तिकरण सम्बन्धि कार्यक्रम, कृषि तथा पर्यटनमा युवा र महिलालाई जोड्ने जस्ता कामहरू संस्थाले गर्दै आएको छ। ूसयौं हात एक साथ हिंसा रहित समाजको निमार्णू भन्ने नारालाई संस्थाले अगाडि सारेको अध्यक्ष सापकोटाले बताएकी छन्।
क्याटेगोरी : जीवनशैली, समाचार
ट्याग : #साथी नेपाल
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्