रसुवागढीमा बेलिब्रिज निर्माणको तयारी, टोखा-छहरे सुरुङबारे यस्तो छलफल

काठमाडौँ, साउन ३ गते । असार २४ गते बिहान ३ बजे आएको भीषण बाढीपहिरोले बगाएको नेपाल–चीन सिमानास्थित रसुवागढीको मितेरी पुलको ठाउँमा दसैँअघि नै बेलिब्रिज निर्माण गर्न छलफल भएको छ ।
सिंहदरबारस्थित भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा मन्त्री देवेन्द्र दाहाल र नेपालका लागि चीनका राजदूत चेन सोङबिच भएको भेटमा राजदूत चेनले दसैँअघि नै मितेरी पुल भएको ठाउँमा बेलिब्रिज राखिने बताउनुभएको मन्त्रालयका सचिव केशवकुमार शर्माले जानकारी दिनुभयो । उहाँले राजदूत चेनसँग एकदमै सकारात्मक छलफल भएको बताउनुभयो । सचिव शर्माले भन्नुभयो, “हामीले रसुवागढी नाका सकेसम्म छिटो खुलाउन र मितेरी पुल बनाउन राजदूतसँग अनुरोध गर्यौँ । राजदूतले दसैँअघि नै बेलिब्रिज राख्ने प्रयासमा छौँ भन्नुभयो ।’’ नाका खुलाउन र पुल बनाउन चिनियाँ पक्ष लागिराखेको सचिव शर्माले जानकारी दिनुभयो ।
त्यसै गरी भेटमा बाढीले क्षतिग्रस्त बनाएको स्याफ्रुबेँसी–रसुवागढी सडक पुनर्निर्माण, चिनियाँ सहयोगमा सञ्चालित अन्य आयोजनाहरू टोखा–छहरे सुरुङमार्ग, हिल्सा–सिमिकोट सडक, खाँदबारी–किमाथाङ्का सडकलगायतका विषयमा पनि छलफल भएको थियो । छलफलमा राजदूत चेनले काठमाडौँ–चक्रपथ दोस्रो खण्ड विस्तारको काम छिट्टै सुरु हुने बताउनुभयो । रसुवाको भोटेकोशी नदीमा आएको बाढीले मितेरी पुल र स्याफ्रुबेँसी–रसुवागढी सडक खण्ड बगाएपछि चीनसँगको सो व्यापारिक नाका नौ दिनदेखि ठप्प छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #टोखा-छहरे सुरुङबारे यस्तो छलफल, #रसुवागढीमा बेलिब्रिज निर्माणको तयारी
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६टोखाका मेयर प्रकाश अधिकारीको जनकल्याणकारी घोषणा: नवशिशुका लागि रु ५,०००, मुटुरोगीलाई रु ५०,०००, क्यान्सर पीडितलाई रु ३५,००० र क्रियाखर्चमा रु १०,००० अनुदान
- ७तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ८टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
तपाईको कमेन्ट लेख्नुहोस्