एमालेमा ९८ प्रतिशत पालिका र ९० प्रतिशत वडाको अधिवेशन सम्पन्न
काठमाडौं । नेकपा एमालेले प्रदेश र सबै जिल्लाका अधिवेशन सम्पन्न गरेको छ । स्थानीय तहतर्फ ९८ प्रतिशत पालिका,९० प्रतिशत वडा र ५० प्रतिशत टोल कमिटीका अधिवेशन सकिएको महासचिव शंकर पोखरेलले जानकारी दिएका छन् ।
महासचिव पोखरेलले निर्वाचन सबै प्रदेश कमिटीसँगको बैठकपछि आज पार्टी निर्वाचन आयोगको बैठकको रिर्पोटिङको आधारमा सो कुरा उल्लेख गरेका हुन् ।
सामाजिक सञ्जालमा निर्धारित समयमा नै अधिवेशनहरू सम्पन्न गरेकोमा निर्वाचन आयोगलाई पोखरेलले धन्यवाद ज्ञापन गर्नुभएको छ । निर्वाचन आयोगका अध्यक्ष विजय सुब्बाका अनुसार पालिका तर्फ बढीमा १० वटा कमिटीको अधिवेशन गर्न बाँकी रहेको छ ।
ती अधिवेशनहरू विभिन्न कारणले रोकिएका छन् । पार्टीको आन्तरिक व्यवस्थापनपछि तत्काल तिनीहरूको अधिवेशन सक्ने सुब्बाले जानकारी दिए ।
यसै गरी करिब ६ हजार वडाका अधिवेशनहरु सकिएका छन् । बाँकी रहेकाहरूको पनि विधान महाधिवेशन भन्दा पहिला नै सक्ने गरी काम अघि बढाएको छ ।
महासचिव पोखरेलले निर्वाचन आयोगको व्यवस्थापनमा प्रदेश,जिल्ला र जनसंगठनका अधिवेशनहरू सम्पन्न गरेकोमा आयोगलाई धन्यवाद दिएका छन् । पार्टीका २३ वटा जनसंगठन मध्ये १६ वटाको महाधिवेशन सम्पन्न भइसकेको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #एमालेमा ९८ प्रतिशत पालिका र ९० प्रतिशत वडाको अधिवेशन सम्पन्न
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्