मानसिंह माध्यमिक विद्यालयमा आजदेखि दिनको २ पटक खाना खुवाउने कार्यक्रम सञ्चालन
२० वैशाख, काठमाडौं । तारकेश्वर – १० मा दैनिक ज्यालादारीमा काम गर्ने पिडितहरुलाई खानाको व्यवस्था गरिएको छ । मानसिंह धर्म माविमा आजबाट सुरु भएको खाना वितरण कार्यक्रम लकडाउन अवधिभर र थप केही दिन हुने वडा अध्यक्ष अमृत थापाले बताएका छन् । थापाका अनुसार आज बिहान करिव २३० जनाले खाना खाएका छन् ।
खाना वितरण कार्यक्रममा तारकेश्वर १० का जनप्रतिनिधिहरु, नेकपाका वडा कमिटि र स्थानीय टोल सुधार समितिका पदाधिकारीहरु स्वयमसेवकको रुपमा खटिएर काम गरिरहेका छन् । खाना खानका लागि सामाजिक दुरी कायम गर्दै लाइनमा बस्नुपर्नेछ । खानाका लागि एक दिन अगाडी नै नाम टिपाउनुपर्नेछ । अहिले खाना उपलब्ध गराउन विश्व हिन्दू महासंघले सहयोग गरेको कुरा वडा अध्यक्ष अमृत थापाले बताएका छन् ।
बिहान १० देखि ११ बजेसम्म र साँझ ६ बजेबाट खाना खाने कार्यक्रम हुनेछ । खाना वितरण कार्यक्रममा महानगरीय प्रहरी गुम्वाले लाइन बसाउन सहयोग गरेका थिए । खाना खाने लाइनमा धेरै जसो बालबालिकाहरु आएका थिए । वडा कार्यालयले यसरी खानाको व्यवस्था गरेको हुँदा स्थानीय पिडितहरु खुशी देखिन्थे । खाना खाने लाइनमा बसेका एक महिला भन्छिन् – घरमा केही नहुँदा खान पाउँदा खुसी लागेको बताइन ।
नेकपाका वडा १० का अध्यक्ष विनोद पौडेलका अनुसार वडा कार्यालयको पहलमा आजदेखि पिडितहरुलाई खुल्ला मेष सञ्चालन गरेर खाना खुवाउने कार्यक्रम गरेको बताएका छन् ।
तारकेश्वर वडा नं. १० ले नगरपालिकाको सहयोगमा राहत वितरण गरेको थियो । दोस्रोपटक टोल–टोलबाट राहत वितरण गर्दा घरभित्र खाना हुनेपनि राहत लिन आएको महसुस भएकोले, खाना नपाएकाहरुको लागि खानाको व्यवस्था गरिएको शिव नगर टोल विकास समितिका अध्यक्ष ऋषी लोहनीले बताएका छन् ।





फरक पत्रबाट
क्याटेगोरी : समाचार
ट्याग : #खाना खुवाउने कार्यक्रम
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ४काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ५रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ६चुनावको पूर्वसन्ध्यामा काठमाडौं–७ मा एमाले प्रवेशको लहर , बज्राचार्यसहित दर्जनौँ युवा प्रवेश
- ७एकैदिन दुई पूर्वमन्त्री, वीरगञ्जका मेयरसँगै १४ जना वडाध्यक्षहरु एमालेमा प्रवेश
- ८पारदर्शिता, संरचना र सहकार्यको बाटोमा बर्दिवास उद्योग वाणिज्य संघको तीन वर्षे यात्रा






तपाईको कमेन्ट लेख्नुहोस्