विदेशी पर्यटकसँग आएका भरिया संखुवासभामा अलपत्र

संखुवासभा जिल्लाको मकालु हिमाल ट्रेकिङ गर्न विदेशी पर्यटकसँग आएका १५ जना भरिया सभापोखरीमा अलपत्र परेका छन् ।
विदेशी पर्यटकका भरियाका रुपमा आएका १५ जना लकडाउनका कारण सभापोखरी गाउँपालिका २ बाह्रविसेमा अलपत्र अवस्थामा छन् ।
उनीहरुसँगै आएका विदेशी पर्यटक फर्किए पनि भरियाहरु अझै सभापोखरी गाउँपालिकामा अलपत्र परेका सभापोखरी गाउँपालिका अध्यक्ष रत्न सुब्बाले जानकारी दिनुभयो । पास नभएका कारण सभापोखरीको बाह्रबिसेमै उनीहरु रोकिएको अध्यक्ष सुब्बाले बताउनुभयो ।
उनीहरु सँग आएका अस्ट्रेलियाका २, क्यानडा २ र फ्रान्सका १ नागरिक चैत १८ गते नै कैलाश एयरको हेलिकप्टरबाट उद्धार भइसकेका छन्। उनीहरु अहिले सभापोखरी गाउँपालिकाको प्रहरी चौकी नजिकै ग्राउन्डमा टेन्ट बनाएर बसेका छन् । लक डाउनका कारण ७ जना तँनहु र ८ जना काठमाडौंबाट आएका थिए ।
उनीहरु ३६ दिनदेखि सभापोखरीमै अलपत्र छन् । उनीहरुलाई सभापोखरी गाउँपालिकाले राहत सामग्री सहयोग गरेको छ ।
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्