डा. श्रेष्ठद्वारा स्वास्थ्य सामग्री सहयोग
हेल्पिङ हेण्डस् सामुदायिक अस्पताल काठ्माण्डौका सञ्चालक डाक्टर गुप्त बहादुर श्रेष्ठले जिल्लाका ६ स्वास्थ्य संस्थाहरुलाई स्वास्थ्य सामग्री सहयोग गर्नुभएको छ । डाक्टर श्रेष्ठले जिल्ला समन्वय समिति मार्फत अत्यावश्यक अक्सिजन कन्सनट्रेटर (Oxygen Concentrator) सहितको सामग्रीहरु उपलब्ध गराउनुभएको हो ।
उक्त समाग्रीहरु बिहिबार एक कार्यक्रमका विच जिल्ला समन्वय समितिले सम्बन्धीत स्वास्थ्य कार्यालयहरुलाई हस्तान्तरण गरेको हो । डाक्टर श्रेष्ठले ताम्कु प्राथमिक स्वास्थ्य केन्द्र, नुम प्राथमिक स्वास्थ्य केन्द्र, वाना प्राथमिक स्वास्थ्य केन्द्र र चैनपुर प्राथमिक स्वास्थ्य केन्द्रलाई अत्यावश्यक अक्सिजन कन्सनट्रेटर, निबुलाईजर, पल्स ओक्सीमिटर, आस्थालिन सोलुसन, पिपिई सेट, एन ९० मास्क लगायतका ९ प्रकारका सामग्री सहयोग गर्नुभएको हो । डाक्टर श्रेष्ठले एक प्राथमिक स्वास्थ्य केन्द्रलाई करिव डेढ लाख रुपैयाँ बराबरको सामग्री सहयोग गर्नुभएको हो ।
त्यस्तै, जिल्ला स्वास्थ्य कार्यालय, जिल्ला अस्पताल खाँदबारी र तेजरत्न आँखा तथा कान उपचार केन्द्रलाई पनि स्वास्थ्य सामग्रीहरु सहयोग गर्नुभएको छ । अस्पताल र स्वास्थ्य कार्यालयलाई पिपिई सेट, स्यानिटाईजर, मास्क लगायतका सामग्रीहरु सहयोग गर्नुभएको हो । तेजरत्न आँखा तथा कान उपचार केन्द्रलाई मेडिकल मास्क र स्यानिटाईजर उपलब्ध गराउनुभएको हो ।
संखुवासभाको वानामा जन्मनुभएका डाक्टर श्रेष्ठ जिल्लाको स्वास्थ्य क्षेत्रमा यस अघिदेखि नै योगदान गर्दै आएको चिकित्सकको रुपमा लिईन्छ । जिल्लाबाट काठ्माण्डौ उपचारमा लगिएका विरामीहरुको न्युन खर्चमा उपचार गराउने देखि आफै उपचारमा लागि पर्ने डाक्टरका रुपमा उहाँ परिचित हुनुहुन्छ ।
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ४काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ५रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ६एकैदिन दुई पूर्वमन्त्री, वीरगञ्जका मेयरसँगै १४ जना वडाध्यक्षहरु एमालेमा प्रवेश
- ७चुनावको पूर्वसन्ध्यामा काठमाडौं–७ मा एमाले प्रवेशको लहर , बज्राचार्यसहित दर्जनौँ युवा प्रवेश
- ८पारदर्शिता, संरचना र सहकार्यको बाटोमा बर्दिवास उद्योग वाणिज्य संघको तीन वर्षे यात्रा






तपाईको कमेन्ट लेख्नुहोस्