झण्डै २ वर्षदेखि तलब नपाएपछि खाँडाचक्र नगरपालिकामा १२१ कर्मचारीले लगाए ताला
सुर्खेत । लामो समयदेखि तलब नपाएपछि कालीकोटको खाँडाचक्र नगरपालिकाका १२१ जना करारका कर्मचारीले मूलगेटमा ताला लगाएका छन् । तालाबन्दीपछि नगरपालिकाको सबै काम ठप्प छ ।
१२६ करार कर्मचारीमध्ये १२१ जनाले तलब नपाएको गुनासो गरेका हुन् । वडा नम्बर ३ का कर्मचारी खिम पाण्डेले ५ जनालाई मात्र तलब दिइँदै आएको नेपाल प्रेससँग बताए । उनका अनुसार २१ महिनादेखि तलब दिइएको छैन ।
उनका अनुसार तलब नपाउने कर्मचारीहरूमा २१ जना वनका छन् ।
पाण्डेले भने, ‘पटक-पटक ध्यानाकर्षण गराउँदा पनि नगरपालिकाले चासो दिएन । एकले अर्कोलाई दोष देखाउने मात्र भएपछि बाध्य भएर ताला लगाएका हौं ।’

खाँडाचक्रका उपमेयर गणेशबहादुर शाहीले कर्मचारीहरूको गुनासोलाई गम्भीरतापूर्वक लिएको जिकिर गरे ।
उनले भने, `समस्याको समाधानका लागि आन्तरिक छलफल भइरहेको छ ।’
कालीकोटका अभियन्ता हिक्मतजंग मल्लले नगरपालिकाले लामो समयदेखि गैरजिम्मेवार व्यवहार प्रदर्शन गरेको टिप्पणी गरे ।
‘सेवाग्राही दिनहुँ पालिकाको ढोका चहारिरहेका हुन्छन् । कर्मचारीले तलब नपाउने, सेवासुविधाबाट वञ्चित हुने अवस्था देख्दा दुःख लाग्छ, मल्लले भने ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #झण्डै २ वर्षदेखि तलब नपाएपछि खाँडाचक्र नगरपालिकामा १२१ कर्मचारीले लगाए ताला
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ४काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ५रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ६चुनावको पूर्वसन्ध्यामा काठमाडौं–७ मा एमाले प्रवेशको लहर , बज्राचार्यसहित दर्जनौँ युवा प्रवेश
- ७एकैदिन दुई पूर्वमन्त्री, वीरगञ्जका मेयरसँगै १४ जना वडाध्यक्षहरु एमालेमा प्रवेश
- ८पारदर्शिता, संरचना र सहकार्यको बाटोमा बर्दिवास उद्योग वाणिज्य संघको तीन वर्षे यात्रा






तपाईको कमेन्ट लेख्नुहोस्