पेट्रोल पम्पबाट लेदो पदार्थ निस्किएपछि बन्द
पेट्रोल पम्पबाट लेदो पदार्थ निस्किएपछि भक्तपुरको लोकन्थलीस्थित सिद्धार्थ फ्युल सेन्टर बन्द गरिएको छ । उजूरीपछि आज अनुगमन गरी पम्पलाई बन्द गरिएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जनाएको छ ।
विभागका सूचना अधिकारी रवीन्द्र आचार्यका अनुसार सो पम्पबाट नमूना परीक्षणका लागि तेल ल्याइएको र प्रतिवेदन नआउञ्जेल बिक्रीवितरणमा रोक लगाई बन्द गरिएको छ ।
उहाँका अनुसार नियमित बजार अनुगमनका क्रममा आज ललितपुरको खुमलटारस्थित पिपुल होम केयर सेन्टरले मास्कमा बढी मूल्य लिएको भेटिएपछि रु दुई लाख जरिवाना गरिएको छ ।
एन–९५ मास्कको खरीद मूल्य रु पाँच सय रहेकामा पिपुल होमले रु आठ सय लिएको पाएपछि कारवाही गरिएको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार आज नै ह्याण्ड वास खरीदमूल्य (एमआरपी) भन्दा बढी मूल्य लिएको भेटिएपछि सीतापाइलास्थित सेलवेज क्यास एण्ड क्यारीलाई रु दुई लाख जरिवाना गरिएको छ ।
खरीद मूल्य रु २८० रहेकामा सेलवेजले रु ३३४ लिएको पाएपछि कारवाही गरिएको उहाँले जानकारी दिनुभयो । उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिम सो जरिवाना गरिएको विभागले जनाएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #पेट्रोल पम्प
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ४काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ५रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ६चुनावको पूर्वसन्ध्यामा काठमाडौं–७ मा एमाले प्रवेशको लहर , बज्राचार्यसहित दर्जनौँ युवा प्रवेश
- ७एकैदिन दुई पूर्वमन्त्री, वीरगञ्जका मेयरसँगै १४ जना वडाध्यक्षहरु एमालेमा प्रवेश
- ८पारदर्शिता, संरचना र सहकार्यको बाटोमा बर्दिवास उद्योग वाणिज्य संघको तीन वर्षे यात्रा






तपाईको कमेन्ट लेख्नुहोस्