Techie IT
आईतबार, माघ १३,२०८१

नेविसंघका पूर्वमहामन्त्री काफ्लेले गरे विवाह खर्चको रकम कोरोना कोषमा


काठमाडौं । नेपाल विद्यार्थी संघका पूर्वमहामन्त्री कुन्दनराज काफ्लेले आफ्नो विवाह खर्चबापतको रकम ‘कोभिड–१९, प्रधानमन्त्री राहत कोष’ मा जम्मा गरेका छन् ।

आफ्नो विवाह खर्च कटाएर स्वास्थ्य मन्त्रालय पुगेर सोमबार पूर्वमहामन्त्री काफ्लेले‘कोभिड–१९, प्रधानमन्त्री राहत कोष’ मा २ लाख रुपैयाँ जम्मा गरेका हुन् ।

काफ्ले दम्पतीले सोमबार स्वास्थ्य मन्त्रालय पुगेर रकम स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाललाई हस्तान्तरण गरे ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबारसम्म ५२ जनामा संक्रमण देखिएको छ । १६ जना उपचारपछि निको भएर घर फर्किएका छन् । १ सय १० जना आइसोलेसनमा छन् ।


क्याटेगोरी : समाचार
ट्याग : #hot, #कोरोना कोष


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
10°
Mist
6:51 am5:40 pm +0545