Techie IT
आईतबार, चैत्र ९,२०८१

मनमैजुमा अवस्थित छन्त्याल संघद्धारा राहात बितरण


१३ वैशाख, काठमाडौं । तारकेश्वर नगरपालिका वडा नं. १० को छन्त्याल संघमा राहत वितरण सम्पन्न भएको छ । नेपाल छन्त्याल संघले तयार गरेको राहत सामाग्रीहरुमा प्रति परिवार ३० किलो चामल, १ लिटर तेल, १ पोका नुन र २ किलो दाल रहेको थियो ।

वडा कार्यालयको तर्फबाट सिफारिस भएका १४ जना पिडित र अन्य नेपाल छन्त्याल संघमै आवद्ध भएका  पिडित ज्यालादारीमा काम गर्ने मजदुर तथा विद्यार्थीहरुको ४० परिवारलाई राहत वितरण गरिएको कुरा नेपाल छन्त्याल संघका अध्यक्ष मनमोहन वुढाथोकी छन्त्यालले बताएका छन् । नेपाल छन्त्याल संघ र नेपाल महिला छन्त्याल संघको संयुक्त आयोजनामा राहत वितरण भएको थियो ।

तारकेश्वर १० मा पिडितहरुको अवस्था बुझ्न र समस्या भएकालाई तत्काल राहत उपलब्ध गराउन वडा अध्यक्ष अमृत थापा र वडा सदस्यहरुको टिम नै फिल्डमा खटिरहेको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #मनमैजुमा अवस्थित छन्त्याल संघद्धारा राहात बितरण


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
15°
Fair
6:02 am6:17 pm +0545