ठमेलका ७० रिक्सा चालकहरुलाई युवा समाजसेवीको साथ , एक महिना पुग्ने खाध्य सामाग्री प्रदान

काठमाडौ । विश्वस्तरमा महामारी बनेको कोरोन भाइरस अर्थात कोभिड– १९ को गम्भीरतालाई हेर्दै संघीय सरकारले लगाएको लकडाउनका कारण अति गरिब, विपन्नलाई तथा मजदुरहरुलाई ठुलो मर्का परेको छ ।
दिनहु ज्यालादारी गरि आफ्नो पेट पाल्न मजदुर र निम्न वर्गका व्यक्तिहरु भोकमरीको चिन्ताले विलिन भएको अवस्थमा रहेका छन ।
काठमाडौका ठमेलमा पनि रिक्सा चालकहरुको अवस्था दहिनिय छ । पर्यटककीय बजार ठमेल बन्द भएपछि रिक्सा मजदुर सबैभन्दा बढी पिडामा छन ।
लकडाउनले आम्दानीको बाटो बन्द भएपछि रिक्सा चालक भोकभोकै रात कटाएका खबर आएका छन् । पसलेले उधारोमा खाद्यान्न नदिएपछि केहि रिक्सा ग्यारेजमा भोकै सुतेका छन् ।
दिनभरि महिनेत गरेर आफ्नो परिवार पाल्ने मजदुर, रिक्सा चालक, खलासीलगयात निम्न वर्गका व्यक्ति कोरोनाले दोहोरो मारमा परेपछि केहि मनकारी ब्यक्तीहरुले ठमेलका करिव ७० परिवारलाइराहात दिएका छन ।
युवा ब्यवसायी तथा समाजसेवी राजु गुरुङ्ग ,कर्मा ग्यालपो , कर्मा यसी , श्याम तामाङ्ग , पर्यटन ब्यवसायी बिश्व पुरी , रुपेश गुरुङ्ग लगायतका ब्यक्तीहरुले राहात प्रदान गरेका हुन ।
राहात बितरणका अगुवाई समाजसेवी तथा जम्वला एक्सपोर्ट तथा इम्पोटका अध्यक्ष राजु गुरुङ्ग ,र अमेरिका बाट मास्टर जिङ्गहोङ्गले (Master Xianzhong) गरेका हुन भने बितरणको सहकार्य ठमेल पर्यटन बिकाश परिषदले गरेको हो ।
दिनहु ज्यालादारी रिक्सा मजदुहरुलाई रिक्सा युनियनको सहकार्यमा १ बोरा बास्मती चामल , दाल , १ लिटर तेल लगायतको खाध्य सामाग्री प्रदान गरिएको हो ।
कोरोना संक्रमणको त्राससँगै काठमाडौंमा ज्यान कसरी पाल्ने भन्ने चिन्तामा छन् । ठमेलमा झण्डै डेढ सय रिक्सा चालक अलपत्र परेका छन् । बजारमा रिक्सा लिएर निस्किन नपाएकाले ग्यारेजमै रिक्सा थन्क्याएर बसेका रिक्सा चालकसँगग बिहान बेलुकी खाना खाने पैसा पनि सकिएको छ ।
भिडियो हेर्नुहोस
क्याटेगोरी : समाचार
ट्याग : #खाध्य सामाग्री प्रदान, #ठमेलका ७० रिक्सा चालक, #राजु गुरुङ्ग
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्