तारकेश्वर हिले टोल हाइडमा ५२ परिवारले पाए राहत
१२ वैशाख काठमाडौं । तारकेश्वर वडा नं. १० मा हिलेटोल टोल सुधार समितिले राहत वितरण गरेको छ । सरकारी राहत नपाएकाहरुलाई टोलका उपभोक्ताहरुको सहयोगमा राहत वितरण गरिएको कुरा टोल सुधार समितिका सचिव केशव बोगटीले बताएका छन् । बोगटीका अनुसार हिलेटोलमा बसोबास गरेका ज्यालादारीमा काम गर्ने ज्यामी मजदुर र निमुखाहरुका लागि राहत वितरण गरिएको छ ।
हिलेटोलमा राहत ५२ जना पिडितका परिवारले पाएका छन् । राहत लिन लाइन बसेका नागरिकहरुको स्वास्थ्य परिक्षण गरिएको थियो ।
राहत सामाग्रीहरुमा ३ जनासम्मको परिवारका लागि १५ किलो चामल र ४ जनादेखि माथिका लागि २५ किलो चामल, १ लिटर तेल, १ किलो दाल, १ प्याकेट नुन, ४०० ग्राम सोया मसेउरा, १ किलो चिनी र चियापत्ती रहेको छ ।
तारकेश्वर १० मा लगभग सबै टोल सुधार समितिहरुमा राहत वितरण सम्पन्न भइसकेको र अझै २–३ ठाउँमा रहेको त्यो पनि १–२ दिनमा नै सम्पन्न भइसक्ने कुरा वडा अध्यक्ष अमृत थापाले बताएका छन् ।
फरकपत्र
क्याटेगोरी : समाचार
ट्याग : #तारकेश्वर हिले टोल
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्