श्रमजीवी पत्रकारलाई पारिश्रमिक दिन समितिको आग्रह
न्यूनतम् पारिश्रमिक निर्धारण समितिले कोरोना भाइरसको जोखिमका बीच कार्यरत पत्रकार र कामदारलाई कतिपय सञ्चार गृहले समयमा पारिश्रमिक नदिएको र जागिरबाट समेत हटाउने काम गरेकामा गम्भीर चासो व्यक्त गरेको छ ।
समितिका अध्यक्ष राजेन्द्र अर्यालले आज विज्ञप्ति जारी गरी यस्तो विषय स्थिमिा कार्यरत्र पत्रकारलाई समयमा पारिश्रमिक नदिँदा र सेवाबाट हटाउँदा पत्रकार र कर्मचारीहरु आर्थिक समस्या झेल्न बाध्य भएकाले उनीहरुको दैनिकी सञ्चालनमा कठिनाइ आएको उल्लेख गर्नुभएको हो ।
“श्रमजीवी पत्रकार, कामदार र कर्मचारीलाई कामबाट हटाउने कार्य तत्काल रोक्न र पारिश्रमिक नपाएका पत्रकारलाई अविलम्ब पारिश्रमिक उपलब्ध गराउन सम्बन्धित सञ्चारगृहलाई आग्रह गरिन्छ ।”
विज्ञप्तिमा भनिएको छ, “अहिलेको संकटपूर्ण अवस्थामा स्वास्थ्यकर्मी र सुरक्षाकर्मी जस्तै जोखिम मोलेर जनतालाई सुसूचित गर्न अहोरात्र कार्य क्षेत्रमा खटिएका पत्रकार, फोटो पत्रकार, कर्मचारीको आवश्यक स्वास्थ्य परीक्षण गरी सुरक्षा सुनिश्चितताका लागि आग्रह गर्दछौँ ।”
क्याटेगोरी : समाचार
ट्याग : #श्रमजीवी पत्रकार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ४काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ५रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ६चुनावको पूर्वसन्ध्यामा काठमाडौं–७ मा एमाले प्रवेशको लहर , बज्राचार्यसहित दर्जनौँ युवा प्रवेश
- ७एकैदिन दुई पूर्वमन्त्री, वीरगञ्जका मेयरसँगै १४ जना वडाध्यक्षहरु एमालेमा प्रवेश
- ८पारदर्शिता, संरचना र सहकार्यको बाटोमा बर्दिवास उद्योग वाणिज्य संघको तीन वर्षे यात्रा






तपाईको कमेन्ट लेख्नुहोस्