श्रमजीवी पत्रकारलाई पारिश्रमिक दिन समितिको आग्रह

न्यूनतम् पारिश्रमिक निर्धारण समितिले कोरोना भाइरसको जोखिमका बीच कार्यरत पत्रकार र कामदारलाई कतिपय सञ्चार गृहले समयमा पारिश्रमिक नदिएको र जागिरबाट समेत हटाउने काम गरेकामा गम्भीर चासो व्यक्त गरेको छ ।
समितिका अध्यक्ष राजेन्द्र अर्यालले आज विज्ञप्ति जारी गरी यस्तो विषय स्थिमिा कार्यरत्र पत्रकारलाई समयमा पारिश्रमिक नदिँदा र सेवाबाट हटाउँदा पत्रकार र कर्मचारीहरु आर्थिक समस्या झेल्न बाध्य भएकाले उनीहरुको दैनिकी सञ्चालनमा कठिनाइ आएको उल्लेख गर्नुभएको हो ।
“श्रमजीवी पत्रकार, कामदार र कर्मचारीलाई कामबाट हटाउने कार्य तत्काल रोक्न र पारिश्रमिक नपाएका पत्रकारलाई अविलम्ब पारिश्रमिक उपलब्ध गराउन सम्बन्धित सञ्चारगृहलाई आग्रह गरिन्छ ।”
विज्ञप्तिमा भनिएको छ, “अहिलेको संकटपूर्ण अवस्थामा स्वास्थ्यकर्मी र सुरक्षाकर्मी जस्तै जोखिम मोलेर जनतालाई सुसूचित गर्न अहोरात्र कार्य क्षेत्रमा खटिएका पत्रकार, फोटो पत्रकार, कर्मचारीको आवश्यक स्वास्थ्य परीक्षण गरी सुरक्षा सुनिश्चितताका लागि आग्रह गर्दछौँ ।”
क्याटेगोरी : समाचार
ट्याग : #श्रमजीवी पत्रकार
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्