तारकेश्वर–१० मा शिव नगर टोल विकास समितिले द्धारा राहत वितरण (फोटो र भिडियोसहित)
काठमाडौं । शिवनगर टोल विकास समितिले राहत वितरण सुरु गरेको छ । तारकेश्वर वडा नं. १० मा सरकारी राहत नपाउनेहरुका लागि राहत वितरण गरिएको कुरा शिवनगर टोल विकास समितिका अध्यक्ष तथा सामाजिक अभियान्ता ऋषि लोहनी बताएका छन् । उनका अनुसार शिव नगरभित्र रहेको २१२ घरबाट अलि अलि बाँकी भएकाहरुले चुल्हो निभिसकेकाहरुका लागि चुल्हो निभ्न नदिने उद्देश्यले आजदेखि राहत वितरण सुरु गरेका छौं । शिवनगर टोल भित्र कोही पनि नागरिक भोकै बस्नु पर्दैन । आज बाँडेर पनि छुट हुन् पुगेकाहरुलाई हामी घर–घरमै पहिचान गरेर खाद्यान्न उपलब्ध गराउनेछौं । वडा कार्यालयको समन्वयमा राहत वितरण गरिएको छ । राहत प्राप्त गर्नका लागि बिरामी, मजदूर, गर्भवती महिला र विद्यार्थीहरुका लागि प्राथमिकता दिइएको छ । आज वितरण गरेको राहत सामाग्ीहरुमा प्रति परिवार १० किलो चामल, १ लिटर तेल, १ किलो दाल, १ किलो नुन र २५० ग्राम सोया मसेउरा वितरण गरिएको छ ।
राहत वितरणबारे वडा अध्यक्ष अमृत थापा भन्छन् – वडाभित्रका सबै टोल सुधार समितिहरु आफैं मिलेर सरकारी राहत नपाउनेहरुका लागि राहत वितरण गरेकोमा टोल सुधार समितिहरुलाई धन्यवाद प्रकट गर्दछौं । खान नपाएका वडा भित्रका नागरिकहरुलाई हेरेर टोल–टोलबाट वितरण सुरु गरेका छौं । दुई दिन अघि हिमाली टोलबाट सुरु भएको आज शिव नगर, अब सुर्योदय टोल, एश्वर्य नगर समाज र हिलेटोल हाइटमा वितरण हुँदैछ । अझै केही छुटेकाहरुलाई लोकतान्त्रिक चोकबाट पनि वितरण गरिनेछ । वडा अध्यक्ष थापाले संकटको घडिमा आफ्नो टोल सुधार समितिहरुमा सहयोग गर्ने मनकारी हातहरुलाई धन्यवाद दिएका छन् ।


क्याटेगोरी : समाचार
ट्याग : #शिव नगर टोल
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ४काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ५रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ६चुनावको पूर्वसन्ध्यामा काठमाडौं–७ मा एमाले प्रवेशको लहर , बज्राचार्यसहित दर्जनौँ युवा प्रवेश
- ७एकैदिन दुई पूर्वमन्त्री, वीरगञ्जका मेयरसँगै १४ जना वडाध्यक्षहरु एमालेमा प्रवेश
- ८पारदर्शिता, संरचना र सहकार्यको बाटोमा बर्दिवास उद्योग वाणिज्य संघको तीन वर्षे यात्रा






तपाईको कमेन्ट लेख्नुहोस्