वडा अध्यक्ष अमृत थापा , नेपाल प्रहरी सहितको टिम मनमैजु पुलमा , लकडाउनमा थप कडाई
४ वैशाख, काठमाडौं । तारकेश्वर नगरपालिकाले आजदेखि नगरभित्र लकडाउन थप कडा पार्न सबै वडाहरुलाई निर्देशन जारी गरेको छ । नगरको निर्देशनलाई पूर्ण रुपमा पालना गर्दै तारकेश्वर वडा नं. १० ले दिनको २ घण्टामात्र खाद्यान्न पसल खोल्न दिने निर्णयलाई कार्यान्वयन गर्न वडा कार्यालय खटिएको छ । तारकेश्वर वडा नं. १० टोखा नगरपालिकाको मुख्य नाका सँग जोडिएको क्षेत्र हो ।
मनमैजु पुलमा वडा अध्यक्ष अमृत थापा सहित ऐश्वर्य समाजका अध्यक्ष सुर्य गेलान मगर र नेपाल प्रहरि सहितको टिमले पहरा दिइराखेको छ ।
थापाले वडाभित्रका सक्रिय टोल सुधार समितिहरु, सामाजिक अभियान्ताहरु, नागरिक समाज र आमा समूहका प्रतिनिधिहरुलाई विभिन्न आर्क बनाएर त्यसको जिम्मा लगाएका छन् । मालपोत आर्कमा सिपि मल्लसहितको टोली खटिएको छ भने लोकतान्त्रिक चोकको आर्कमा ऋषि लोहनीको नेतृत्वमा र छन्त्याल चोकमा होमबहादुर बोगटीको नेतृत्वको टिम खटिएको छ । शुभकामना चोकमा किशोर खड्कासहितको टोली खटिएको छ ।
लाखे टोल र घले पुलमा इन्द्र गुरुङ र शिव नगरका टोल सुधार समितिका सदस्यहरु सहितको टिम खटिएको छ । नासाल चोकमा अमर महर्जन र वडा नं. १० का वडा सदस्य श्याम महर्जन र नापी चोकमा विनोद शर्मा र सरिस मर्हजन लगायतको टिम । हिलेटोल हाइटमा सागर कार्की, केशव बोगटी सहितको टिमले वडा नं. १० लाई सुरक्षित राख्न टिम परिचालन गरिएको कुरा वडा अध्यक्ष अमृत थापाले बताएका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #वडा अध्यक्ष अमृत थापा
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६टोखाका मेयर प्रकाश अधिकारीको जनकल्याणकारी घोषणा: नवशिशुका लागि रु ५,०००, मुटुरोगीलाई रु ५०,०००, क्यान्सर पीडितलाई रु ३५,००० र क्रियाखर्चमा रु १०,००० अनुदान
- ७तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ८पेप्सिकोलाको CBIA स्कुलको एसईई २०८१ मा ऐतिहासिक सफलता: २ विधार्थी ४ जी पी ए सहित ६५ विद्यार्थीमध्ये ५७ जनाको A+






तपाईको कमेन्ट लेख्नुहोस्