जनताको चाहना पूरा गर्न अध्यादेश : अर्थमन्त्री पौडेल

तानसेन, माघ ११ गते । उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले जनताको विकास र समृद्धिको चाहनालाई पूरा गर्न सरकारले अध्यादेश ल्याएको उल्लेख गर्नुभएको छ । शुक्रबार बगनासकाली गाउँपालिकाको प्रशासकीय भवन उद्घाटन कार्यक्रममा बोल्नुहुँदै मन्त्री पौडेलले सो कुरा बताउनुभएको हो ।
अध्यादेशले जनताको चाहना अनुसार विकास निर्माण र समृद्धि हासिल गर्न सहयोग पुग्ने विश्वास उहाँले गर्नुभयो । मन्त्री पौडेलले भन्नुभयो, ‘‘जनतामा विकास र समृद्धि चाहना तीव्र होस् भन्ने छ, त्यसलाई पूरा गर्न सरकारले अध्यादेशमार्फत २९ वटा कानुनको संशोधन गरेको हो ।’’ उक्त अध्यादेशले सरकारले सुशासन र सेवा प्रवाहलाई प्रभावकारी बनाउन र विकास निर्माणलाईसमेत प्रभावकारी सक्ने उहाँले उल्लेख गर्नुभयो ।
मन्त्री पौडेलले शिक्षकको निवृत्तिभरणसम्बन्धी विषयमा बाहिर आएको विषयमा सत्यता नरहेको बताउनुहुँदै त्यसबाट मुक्त हुन शिक्षकहरूलाई आग्रह गर्नुभयो । उहाँले निवृत्तिभरणसम्बन्धी व्यवस्था कानुन पारित भएपछि मात्र कार्यान्वयन हुने भएकाले वि.स. २०७५ सालदेखि कानुन लागू हुने भन्ने विषय भ्रमपूर्ण रहेको उल्लेख गर्नुभयो ।
मन्त्री पौडेलले पाल्पालाई लुम्बिनी प्रदेशकै पर्यटकीय स्थलको रुपमा विकास गरेर समृद्धिको चाहना पूरा गर्न सकिने विचार राख्नुभयो । उहाँले लुम्बिनीमा आउने पर्यटकलाई पाल्पासम्म ल्याइ आराम गर्ने ‘हिल स्टेसन’का रुपमा विकास गर्न सकिने बताउनुभयो । त्यसका लागि स्थानीय, प्रदेश र सङ्घीय सरकारले आ–आफ्नो क्षेत्रबाट पहल गर्न आवश्यक रहेकोमा अर्थमन्त्री पौडेलले जोड दिनुभयो ।
मन्त्री पौडेलले प्रधानमन्त्री केपी शर्मा ओली पाल्पा आएर पाल्पाली जनतालाई सम्बोधन गर्ने चाहना भए पनि स्वास्थ्य अवस्थाका कारण उहाँ प्रत्यक्ष सहभागी हुन नसकेको जानकारी दिनुभयो । उहाँले आगामी दिनमा उपयुक्त समय मिलाएर प्रधानमन्त्री ओली पाल्पामा आउनुहुने जानकारी दिनुभयो ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #जनताको चाहना पूरा गर्न अध्यादेश : अर्थमन्त्री पौडेल
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ६तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ७टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ८खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
तपाईको कमेन्ट लेख्नुहोस्