सरकार परिवर्तन हुन्छ भन्ने हल्ला अर्थहीन : प्रधानमन्त्री

काठमाडौं, माघ ११ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार परिवर्तन हुन्छ भन्ने हल्ला अर्थहीन भएको बताउनुभएको छ । शुक्रबार पाल्पाको तिनाउ गाउँपालिकाको देभानस्थित प्रशासकीय भवनको भर्चुअल माध्यमबाट उद्घाटन गर्नुहुँदै प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो ।
उहाँले सरकार परिवर्तन हुन्छ भनेर अस्थिरता मच्चाउने तत्त्वहरुले चलाएको हल्लाको पछि नलाग्न आग्रह गर्दै नेकपा (एमाले) र नेपाली कांग्रेससहितको यो सरकार २०८४ को निर्वाचनसम्म एकताबद्ध भएर पूर्व सहमतिबमोजिम अघि बढ्ने स्पष्ट पार्नुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
कार्यक्रमस्थलमा पुगेर उद्घाटन गर्नै प्रबल इच्छा भए पनि स्वास्थ्यस्थितिले साथ नदिएका कारण आउन नसकेको बताउँदै नयाँ भवनबाट जनतालई धेरै सेवा दिन र विकास निर्माणका काम थप अगाडि बढाउन सक्नुहोस् भनी कामना गर्नुभयो ।
प्रधानमन्त्री ओलीले पाल्पा एक उर्बर भूमि र साक्षर जिल्ला भएकाले विकास निर्माणको मार्गलाई अझ तीव्ररुपमा अगाडि बढाउन आग्रह गर्दै केही मानिसले विकासका कामलाई सुन्न नचाहेर विकासविरोधी कुरा गरिरहे पनि त्यस्ता कुराहरुको अर्थ नहुने स्पष्ट गर्नुभयो ।
उद्घाटन कार्यक्रममा उपप्रधानमन्त्री एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंह, उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेललगायत उपस्थित हुनुभएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #सरकार परिवर्तन हुन्छ भन्ने हल्ला अर्थहीन : प्रधानमन्त्री
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ६तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ७टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ८खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
तपाईको कमेन्ट लेख्नुहोस्