विद्यालयको गेट खस्दा विद्यार्थीको मृत्यु

धनगढी, माघ ११ गते । कैलालीमा विद्यालयको गेट खस्दा टाउकोमा चोट लागेर विद्यार्थीको मृत्यु भएको छ ।
कैलारी गाउँपालिका–९ गदरियास्थित जनता माध्यमिक विद्यालयको मुख्य गेट एक्कासि खस्दा सोही ठाउँका करिब ८ वर्षीय प्रवेश रानाको ज्यान गएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ । त्यस्तै, वर्ष ८ का समीर चौधरी घाइते भएका छन् । टाउकोमा चोट लागेका समीरको धनगढीस्थित निसर्ग अस्पतालमा उपचार भइरहेको छ ।
बच्चाहरू विद्यालयको ग्राउन्डभित्र खेल्ने क्रममा हिजो साढे २ बजे विद्यालयको मुख्य गेट एक्कासि खसेको प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ । गेट खस्दा टाउकोमा गम्भीर चोट लागेका प्रवेशलाई उपचारको लागि अस्पतालतर्फ लैजाने क्रममा ज्यान गएको जनाइएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #विद्यालयको गेट खस्दा विद्यार्थीको मृत्यु
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ६तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ७टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ८खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
तपाईको कमेन्ट लेख्नुहोस्