विद्यालयमै प्रधानाध्यापक र शिक्षिकाको चुम्बन

शोसल मिडियाले अब गोप्यता भन्ने केही बाँकी राखेन । यो मात्र हैन, अपराध र हर्कतपनि सोच्नै नसक्ने भइरहेका छन् । भारतको राजस्थान राज्यको चित्तौडगढ जिल्लामा सार्वजनिक भएको एक भिडियोले शिक्षाको मन्दिर मानिएको विद्यालयको प्रतिष्ठालाई ठूलो धक्का पु¥याएको छ ।
यो भिडियोमा विद्यालयका प्रधानाध्यापक र महिला शिक्षिकाको अश्लिल गतिविधि सीसीटीभी क्यामेरामा कैद भएको छ । यो भिडियोले अहिले सामाजिक सञ्जालमा तहल्का मच्चाएको छ। भिडियोलाई हेरेपछि स्थानीयवासीको आक्रोश भयंकर रूपले बढेको छ । उनीहरूले प्रधानाध्यापक र शिक्षिकालाई बर्खास्त गर्न माग गरेका छन् ।
भिडियोमा स्पष्ट देखिन्छ कि महिला शिक्षिका प्रिन्सिपलको चेम्बरमा पसेकी थिइन् । प्रिन्सिपलले ढोका हेर्दै अश्लिल गतिविधि शुरू गर्छन् । भिडियो सार्वजनिक भएपछि शिक्षा विभागका उच्च अधिकारीहरूले दुवैलाई निलम्बन गरेका छन् ।
यो पहिलो पटक होइन, प्रधानाध्यापक अरविन्द व्यास र महिला शिक्षिकाको अन्य धेरै अश्लिल भिडियोहरु बाहिर आएका छन्। महिला शिक्षिका प्रायः प्रिन्सिपलको कोठामा जान्थिन् र उनीहरू लगातार अश्लिल गतिविधिमा संलग्न हुन्थे ।
गोप्य रूपमा सीसीटीभी जडान गरिएको थियो, जब अन्य शिक्षकलाई उनीहरूको गतिविधिमा शंका लागेको थियो। त्यसपछि प्रधानाध्यापक र महिला शिक्षिका आपत्तिजनक अवस्थाहरूमा देखिए र त्यसको भिडियो सार्वजनिक भएको हो। भिडियो भाइरल भएपछि विद्यालय र शिक्षा विभागमा हलचल मचिएको छ। महिला शिक्षिका विवाहित छन् र उनका श्रीमान कारखानामा काम गर्छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #विद्यालयमै प्रधानाध्यापक र शिक्षिकाको चुम्बन
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ६तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ७टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ८खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
तपाईको कमेन्ट लेख्नुहोस्