रुपन्देही अदालतमा रविको बयान सुरु

रुपन्देही । रास्वपाका सभापति रवि लामिछानेको रुपन्देही जिल्ला अदालतमा बयान सुरु भएको छ । उनीविरुद्धको सहकारी ठगी एवं संगठित अपराध मुद्दा जिल्ला न्यायाधीश प्रह्लाद कुमार योगीको ५ नं इजलासमा परेको छ ।
न्यायाशीस योगीले उनको बयान लिइरहेका छन् । लामिछानेविरुद्ध आइतबार बुटवलस्थित सुप्रिम ऋण तथा बचत सहकारी संस्थाको रकम ठगी र संठगित अपराधको कसुरमा अदालतमा मुद्दा दर्ता भएको थियो ।
सोही मुद्दाको प्रतिवादका लागि लामिछाने बुधबार बिहान अदालत खुल्नासाथ १० बजे नै अदालत पुगेका थिए । उनी पुगे लगत्तै अदालतले उनलाई हाजिर गराएको थियो ।
जिल्ला अदालतका सूचना अधिकारी अनन्तराज मरासिनीले रवि लामिछानेविरुद्धको मुद्दा न्यायाधीश प्रह्लादकुमार योगीको इजलासमा परेकाले उनैले बयान सुरु भएको बताए । बयान सकिएपछि बहस हुनेछ र त्यसपछि थुनछेक बहस हुनेछ ।
लामिछानेको सचिवालय स्रोतका अनुसार काठमाडौंबाट बढीमा तिन जना वकिल आउने छन् ।
वरिष्ठ अधिवक्ता नारायणदत्त कँडेल बुधबार नै भैरहवा आइपुगेका छन् । त्यसैगरी डा। नारायण घिमिरे, सुशिल पन्तसहितका कानून व्यवसायी काठमाडौंबाटै आउने उनको सचिवालय स्रोतले बतायो । रुपन्देहीबाट बुटवल बारका अध्यक्ष गोविन्द मरासिनीले बहस गर्ने सम्भावना छ ।
पीडितको तर्फबाट वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र सुरेन्द्र भण्डारी तथा सरकारी वकिल १२ जना तयारीमा रहेका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #रुपन्देही अदालतमा रविको बयान सुरु
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ६तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ७टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ८खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
तपाईको कमेन्ट लेख्नुहोस्