पोखरीमा पुरुषको शव फेला

ढल्केबर, माघ ९ गते । धनुषाको छिरेश्वरनाथ नगरपालिका–८, दिगम्बरपुरस्थित पोखरीमा बुधबार एक पुरुषको शव फेला परेको छ । दिगम्बरपुरस्थित विद्यालय नजिक रहेको पोखरी शव तैरिरहेको अवस्थामा देखिएको प्रहरीले जनाएको छ ।
स्थानीयले पोखरिमा शव तैरिरहेको देखेपछि इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा खबर गरेका थिए । खबर प्राप्त भएलगत्तै प्रहरीको टोली घटनास्थलमा पुगेर अनुसन्धान कार्य अघि बढाएको छ ।
इलाका प्रहरी कार्यालय महेन्द्रनगरका अनुसार शवको पहिचान तथा घटनाको कारणबारे अनुसन्धान भइरहेको छ । प्रारम्भिक अनुसन्धानपछि शवलाई परीक्षणका लागि पठाउने प्रहरीेले जनाएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #पोखरीमा पुरुषको शव फेला
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ६तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ७टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ८खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
तपाईको कमेन्ट लेख्नुहोस्