Techie IT
बिहीबार, फागुन १,२०८१

बिन्दुु श्रेष्ठ , जो घरमा मासु भात पकायर सडकका सयौं कुकुरको जिवन रक्षामा लागेकी छिन


काठमाडौ । लकडाउनका कारण सडकमा भोकै रहेका कुकुरलाई एक समाजसेवी एवं गृहणी महिलाले भात खुवाउदै आएकी छन । काठमाडौ बनस्थली बस्ने कोमल मनकी धनी बिन्दुु श्रेष्ठले दैनिक करिब ५ कीलो चामल ५ किलो मासु किनेर आफैले घरमा पकायर सडकका कुकुरलाई खाना खुवाउदै आएकी हुन ।

उनले बालाज् , बनस्थली , स्यम्भ् ,यराहीटी , नार्गाजुन लगायतका सडकका कुकुरहरुलाई खाना खुवाउदै आएकी हुन ।
भोकका कारण कुकुरहरु चोकचोकमा मर्ने अवस्था देखेर र स्थानीय होटल र घरमा निर्भर रहेका कुकुर लकडाउनका कारण कमजोर भएको देखेर उनीहरुको जीवन रक्षाका लागि खानाको व्यवस्था गरिएको उनी बताउछिन ।

स्वर्ग–नर्क यहि हो । मरेपछिको संसार कसले देखेको छ र रु पाप–पूण्य जे गर्ने भए पनि यहि जन्ममा हो । त्यसैले किन मनमा घृणा पाल्नु, सकेसम्म सद्भाव र माया नै बाँड्नु पर्छ।’ उनि भन्छिन ।

मनकी धनी बिन्दुु श्रेष्ठका वरिपरि कुकुर थिए र काखमा पनि कुकुर नै थियो । उनले प्रेमको कुरा गरेका हुन् कुकुरका लागि ।

सानैदेखि कुकुरलाई माया गर्ने बिन्दुु श्रेष्ठ लकडाउनमा केही घण्टा हरेक दिन कुकुरका लागि सुम्पिन्छन् । घरमा पालेको कुकुरको माया गर्नेहरु त धेरै छन् । तर उनलाई घरका भन्दा बेघर अर्थात सडकका कुकुरको मायाले डोर्‍याउँछ ।

क्ुकुरहरुमात्र होइन उनी बेला बखत स्यम्भुका बादरहरुलाई फलफूल खुवाउनुका साथै परेवाहरुलाई आहारा समेत खुवाउछिन ।

लकडाउनको समयमा आफ्नोपरिवार जतीक्कै मायाले सडकका कुकुरलाई खाना खुवाई जिवन रक्षा गर्ने उनको संकल्प छ ।


क्याटेगोरी : समाचार
ट्याग : #बिन्दुु श्रेष्ठ, #सडकका कुकुरलाई खाना


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
11°
Fair
6:41 am5:54 pm +0545