बिन्दुु श्रेष्ठ , जो घरमा मासु भात पकायर सडकका सयौं कुकुरको जिवन रक्षामा लागेकी छिन
काठमाडौ । लकडाउनका कारण सडकमा भोकै रहेका कुकुरलाई एक समाजसेवी एवं गृहणी महिलाले भात खुवाउदै आएकी छन । काठमाडौ बनस्थली बस्ने कोमल मनकी धनी बिन्दुु श्रेष्ठले दैनिक करिब ५ कीलो चामल ५ किलो मासु किनेर आफैले घरमा पकायर सडकका कुकुरलाई खाना खुवाउदै आएकी हुन ।

उनले बालाज् , बनस्थली , स्यम्भ् ,यराहीटी , नार्गाजुन लगायतका सडकका कुकुरहरुलाई खाना खुवाउदै आएकी हुन ।
भोकका कारण कुकुरहरु चोकचोकमा मर्ने अवस्था देखेर र स्थानीय होटल र घरमा निर्भर रहेका कुकुर लकडाउनका कारण कमजोर भएको देखेर उनीहरुको जीवन रक्षाका लागि खानाको व्यवस्था गरिएको उनी बताउछिन ।

स्वर्ग–नर्क यहि हो । मरेपछिको संसार कसले देखेको छ र रु पाप–पूण्य जे गर्ने भए पनि यहि जन्ममा हो । त्यसैले किन मनमा घृणा पाल्नु, सकेसम्म सद्भाव र माया नै बाँड्नु पर्छ।’ उनि भन्छिन ।
मनकी धनी बिन्दुु श्रेष्ठका वरिपरि कुकुर थिए र काखमा पनि कुकुर नै थियो । उनले प्रेमको कुरा गरेका हुन् कुकुरका लागि ।
सानैदेखि कुकुरलाई माया गर्ने बिन्दुु श्रेष्ठ लकडाउनमा केही घण्टा हरेक दिन कुकुरका लागि सुम्पिन्छन् । घरमा पालेको कुकुरको माया गर्नेहरु त धेरै छन् । तर उनलाई घरका भन्दा बेघर अर्थात सडकका कुकुरको मायाले डोर्याउँछ ।
क्ुकुरहरुमात्र होइन उनी बेला बखत स्यम्भुका बादरहरुलाई फलफूल खुवाउनुका साथै परेवाहरुलाई आहारा समेत खुवाउछिन ।
लकडाउनको समयमा आफ्नोपरिवार जतीक्कै मायाले सडकका कुकुरलाई खाना खुवाई जिवन रक्षा गर्ने उनको संकल्प छ ।


क्याटेगोरी : समाचार
ट्याग : #बिन्दुु श्रेष्ठ, #सडकका कुकुरलाई खाना
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्