लगनखेलमा एक दिने स्वास्थ शिविर, १३१ जनाले गराए स्वास्थ्य जाँच
ललितपुर, ०१ चैत्र – लगनखेलमा एक दिने स्वास्थ्य शिविर संचालनमा आएको छ । सो शिविर शनिवार ललितपुर महानगरपालिका ०५ नंबर वडा स्थित स्वास्थ्य क्लिनिकमा संचालनमा आएको हो । ललितपुर महानगरपालिका जनस्वास्थ्य अन्तर्गत ५ नम्बर वडा स्वास्थ कार्यान्वयन समितीद्वारा आयोजित उक्त शिविरबाट १३१ जनाले स्वास्थ्य जाँच गराएका छन् । शिविरमा प्यप स्मिर टेस्ट, थाईराइड टेस्ट, हार्ट ईसिजी, प्रेसर, सुगर, अल्ट्रासाउण्ड -युसिजी जाँचको सुविधा उपलब्ध थियो । कार्यक्रम आयोजनाको उदेश्य बारे प्रकाश पार्दै ललितपुर-५ का वडाध्यक्ष विकासमान श्रेष्ठले वडाबासीहरुको स्वास्थ्य अधिकारलाई प्रत्याभुत गर्ने उदेश्यले वार्षिक क्यालेण्डर अनुसार कार्यक्रमको आयोजना गरिएको जानकारी दिए । उक्त शिविर संचालनका लागि पाटन प्याथल्याब र काठमाडौं अल्ट्रासाउन्ड क्लिनिकले प्राविधिक सहयोग गरेका थिए । शिविर ललितपुर ०५ नम्बर वडाकी महिला सदस्य शोभादेवी प्रधान श्रेष्ठको संयोजकत्वमा सम्पन्न भएको हो ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्