सञ्चारमन्त्री बास्कोटालाई बर्खास्त गर्न कांग्रेसको माग
काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सूचना तथा सञ्चारमन्त्री गोकुल प्रसाद बास्कोटालाई बर्खास्त गरेर अनुसन्धान गर्न माग गरेको छ । सेक्युरिटी प्रिन्टिङ प्रेसको खरिदमा ७० करोड कमिसनका लागि सेटिङ गरेको कुरा बाहिरिएपछि बास्कोटालाई बर्खास्त गरेर अनुसन्धान गर्नको लागि माग गरेको हो ।
एक स्वीस कम्पनीको नेपाली एजेन्टसँग मन्त्री बास्कोटाले आफूले पाउने कमिसनका लागि सेटीङ गरेको अडियोबारे ‘हाम्राकुरा’ले सार्वजनिक गरेको थियो । सो अडियोमा मन्त्री बास्कोटाले अश्लिल संवाद गर्दै कमिसनको कुरा गरेका छन् । सोही घटनाको बारेमा छानविन गर्न कांग्रेसले माग गरेको हो ।
स्विस कम्पनीको स्थानीय एजेन्ट विजयप्रकाश मिश्र शर्मासँगको कुराकानीका क्रममा मन्त्री बाँस्कोटाले कुन ट्रयाकबाट कमिसन बढी निकाल्ने सम्मको सल्लाह गरेका छन् । नर्मल तरिकाबाट कम कमिसन आउने र बढी कमिसनका लागि आउट अफ ट्रयाक जानुपर्ने सुझाव समेत एजेन्ट मिश्रको छ । ७० देखि ७५ करोड कमिसन आउँदा त्यसको ७० प्रतिशत कमिसन मन्त्रीलाई दिने प्रस्ताव सुनेपछि त्यो भनेको कति भनेर सोध्ने मन्त्री बास्कोटालाई उनले ५५ करोड जति कमिसन हुने प्रष्ट पारेका थिए ।
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जारी गरेको विज्ञप्तीमा प्रेस खरिद अनियमितता पुष्टि भएकाले यसबारे अनुसन्धा गरेर सत्यतथ्य बाहिर ल्याउन शर्माले माग गरेका हुन् ।
क्याटेगोरी : समाचार
ट्याग : #सञ्चारमन्त्री बास्कोटा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ४काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ५रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ६चुनावको पूर्वसन्ध्यामा काठमाडौं–७ मा एमाले प्रवेशको लहर , बज्राचार्यसहित दर्जनौँ युवा प्रवेश
- ७एकैदिन दुई पूर्वमन्त्री, वीरगञ्जका मेयरसँगै १४ जना वडाध्यक्षहरु एमालेमा प्रवेश
- ८पारदर्शिता, संरचना र सहकार्यको बाटोमा बर्दिवास उद्योग वाणिज्य संघको तीन वर्षे यात्रा






तपाईको कमेन्ट लेख्नुहोस्