नेपालकै तेस्रो ठूलो झण्डा तारकेश्वरको देविस्थानमा

काठमाडौं । नेपाल भ्रमण वर्ष २०२० को अवसरमा नेपालकै तेस्रो ठूलो राष्ट्रिय झण्डा देविस्थानमा फहराएको छ । तारकेश्वर नगरपालिका वडा नं। २ ले २८५६ औं ल्होसारको विशेष अवसरमा सो झण्डा देविस्थानमा फहराएको हो ।
शहरि विकास राज्य मन्त्री झण्डोत्तोलन गरिएको यो झण्डा नेपालमा अहिलेसम्मकै सबैभन्दा ठूलो झण्डा पाल्पामा र दोस्रो ठूलो झण्डा माइतिघर मण्डलामा रहेको छ ।
पर्यटन, कृषि र प्राकृतिक सौन्दर्यको शहर, समृद्ध साँस्कृतिक तारकेश्वर नगर भन्ने मुल नाराका साथ तारकेश्वर वडा नं। २ ले नेपाल भ्रमण वर्षका अवसरमा झण्डोत्तोलन कार्यक्रम गरेको हो । कार्यक्रममा बुद्ध धर्म गुरु सोनाम लामाले बुद्ध धर्मको प्रचार प्रसार गरेर नेपाल भ्रमण वर्षको अवसरमा नेपालमा धेरै बौद्धमार्गिहरु आएमा आर्थिक क्षेत्रमा विकास हुने बताए । तारकेश्वरको नागार्जुन जंगल पवित्र स्थल भएकाले यहाँको जल शुद्ध पाइन्छ ।
कार्यक्रममा तारकेश्वर नगरपालिकाको नगर प्रमुख रामेश्वर बोहराले मानेडाँडाको विकासका लागि नगरपालिकाले १ नम्वरमा योजना राखेर बजेट विनियोजन गर्नेछ । तारकेश्वर भित्रका धार्मिक पर्यटकीय गन्तव्यहरुको पदमार्ग निर्माणको लागि ३२ लाखको योजनाको डिपिआर भइराखेको छ । भिउटावर, पाँचमाने, तारकेश्वर मन्दिर, शान्तिधार र देविस्थानसम्म एउटै योजना बनाएर विकास गर्ने तयारीमा छौं । नेपाल भ्रमण वर्ष २०२० अवसरमा एउटा बृहत पदयात्रा कार्यक्रम संस्कृति मन्त्री सहित ल्याएर गर्न लागेको बताए । देविस्थानको खानेपानी समस्या हल गर्नका लागि ठूलो ट्यांकी निर्माण गरेर मुलको पानी जम्मा गरेर वितरण गर्ने बताए ।
क्याटेगोरी : समाचार
ट्याग : #तेस्रो ठूलो झण्डा'
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ६काभ्रे कबड्डी लिग हुने, बिजेतालाई ३० हजार
- ७पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
- ८तारकेश्वरमा एक महिनादेखि प्रमुख प्रशासकिय अधिकृत नहुँदा जनताका आधारभूत काम ठप्प , भुक्तानी, ठेक्का सम्झौतादेखि बिषयगत शाखाका कर्मचारी टिक्नैसकेनन
तपाईको कमेन्ट लेख्नुहोस्