नेपालकै तेस्रो ठूलो झण्डा तारकेश्वरको देविस्थानमा
काठमाडौं । नेपाल भ्रमण वर्ष २०२० को अवसरमा नेपालकै तेस्रो ठूलो राष्ट्रिय झण्डा देविस्थानमा फहराएको छ । तारकेश्वर नगरपालिका वडा नं। २ ले २८५६ औं ल्होसारको विशेष अवसरमा सो झण्डा देविस्थानमा फहराएको हो ।
शहरि विकास राज्य मन्त्री झण्डोत्तोलन गरिएको यो झण्डा नेपालमा अहिलेसम्मकै सबैभन्दा ठूलो झण्डा पाल्पामा र दोस्रो ठूलो झण्डा माइतिघर मण्डलामा रहेको छ ।
पर्यटन, कृषि र प्राकृतिक सौन्दर्यको शहर, समृद्ध साँस्कृतिक तारकेश्वर नगर भन्ने मुल नाराका साथ तारकेश्वर वडा नं। २ ले नेपाल भ्रमण वर्षका अवसरमा झण्डोत्तोलन कार्यक्रम गरेको हो । कार्यक्रममा बुद्ध धर्म गुरु सोनाम लामाले बुद्ध धर्मको प्रचार प्रसार गरेर नेपाल भ्रमण वर्षको अवसरमा नेपालमा धेरै बौद्धमार्गिहरु आएमा आर्थिक क्षेत्रमा विकास हुने बताए । तारकेश्वरको नागार्जुन जंगल पवित्र स्थल भएकाले यहाँको जल शुद्ध पाइन्छ ।

कार्यक्रममा तारकेश्वर नगरपालिकाको नगर प्रमुख रामेश्वर बोहराले मानेडाँडाको विकासका लागि नगरपालिकाले १ नम्वरमा योजना राखेर बजेट विनियोजन गर्नेछ । तारकेश्वर भित्रका धार्मिक पर्यटकीय गन्तव्यहरुको पदमार्ग निर्माणको लागि ३२ लाखको योजनाको डिपिआर भइराखेको छ । भिउटावर, पाँचमाने, तारकेश्वर मन्दिर, शान्तिधार र देविस्थानसम्म एउटै योजना बनाएर विकास गर्ने तयारीमा छौं । नेपाल भ्रमण वर्ष २०२० अवसरमा एउटा बृहत पदयात्रा कार्यक्रम संस्कृति मन्त्री सहित ल्याएर गर्न लागेको बताए । देविस्थानको खानेपानी समस्या हल गर्नका लागि ठूलो ट्यांकी निर्माण गरेर मुलको पानी जम्मा गरेर वितरण गर्ने बताए ।
क्याटेगोरी : समाचार
ट्याग : #तेस्रो ठूलो झण्डा'
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्