संखुवासभाका २५ जना उद्योगी व्यवसायी सरकारद्धारा सम्मानित

सुजन ब्रजचार्य ।
मुलुकको अर्थतन्त्रमा वाणिज्य क्षेत्रको योगदान बढाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने संखुवासभा खाँदबारीका युवा व्यवसायी सुजनकुमार श्रेष्ठ सहित २५ जना उद्योगी व्यवसायीलाई सरकारले महत्वपूर्ण व्यवसायिक व्यक्ति वर्ष पुरस्कारबाट सम्मानित गरेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले कृषिजन्य वस्तुतर्फ मनराम हिमालयन हयाण्डीकाफट प्रा लिका प्रवन्ध निर्देशक श्रेष्ठलाई समान गरे । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको मन्त्रीस्तरीय निर्णयले छनोट गरिएका निर्यातकर्ता, लगानीकर्ता तथा रोजगारदाताहरुलाई राजधानीमा मंगलबार एक समारोहका बीच सम्मान गरे । श्रेष्ठ खाँदबारी नगरपालिका ९ का स्थायी बासिन्दा हुन् । श्रेष्ठ सगै व्यवसायी चन्द्र ढकाल, पवन गोल्यान, निर्वाण चौधरी लगायत विभिन्न क्षेत्रका २५ जना उद्योगीलाई प्रधानमन्त्री ओलीले सम्मान प्रदान गरेका हुन् । हरेक दुई वर्षमा सम्मान गरिने यो अवार्ड २०७३ सालदेखि रोकिएको थियो ।
सम्मानित हुनेहरुले महत्वपूर्ण व्यवसायिक व्यक्तिको लोगो, प्रतिक चिन्ह र सम्मान पत्रसहित बैठक र छलफलमा अग्राधिकार तथा देश विदेशमा हुने मेला छलफल तथा मेलामा सहभागीतामा प्राथमिकता पाउनेछन् । उनीहरुले त्रिभुवन विमानस्थलको अन्तराष्ट्रियतर्फ आईसीपी लाउन्ज र अन्तरिकमा भीआईपि लाउन्ज प्रयोगको अवसर पाउनेछन् ।
यो पनि हेर्नुहोस
सूची सहित
कुन विधामा को-को भए सम्मानित ?
तेस्रो मुलकतर्फ निकासी रकमको आधारमा अग्रस्थानमा रहेका प्रथम ५ वस्तुहरूको सबैभन्दा बढी बस्तु निकासी गर्ने
धागो-रामचन्द्र संघई, अध्यक्ष, त्रिवेणी स्पिनिङ मिल्स प्रालि छातापिपरा, बारा ।
ऊनी गलैंचा-दोजे ग्याल्सेन लामा, प्रवन्ध सञ्चालक, दिसांगि्रला काट एण्ड ल्याण्डीकाफटस इण्डष्ट्रीज प्रालि बोड, काठमाडौं ।
तयारी पोशाक-राहुलमान शाक्य, प्रबन्ध निर्देशक, काठमाडी स्टार फेसन प्रालि हात्तीवन, ललितपुर ।
पश्मिना सल- सूर्यकुमार गुरुङ, सञ्चालक अध्यक्ष, एभरेष्ट पश्मिना निटिङ एण्ड विभिड ईण्डष्ट्रीज प्रालि गोदावरी ।
ऊनी फेल्टमा उत्पादन- रवीन श्रेष्ठ सिन्या, प्रोप्राइटर, एभरेष्ट फेशन, खुमलटार, ललितपुर ।
भारततर्फ रकमको आधारमा प्रथम, दोस्रो र तेश्रो स्थान हासिल गर्ने नेपाली निर्यातकर्ता/उद्योगी
हरांकरत सिंह बेदी, विजनेस र डाबर नेपाल प्राइभेट लिमिटेड, जितपुर, बारा ।
दिव्य राज सापकोटा, महाप्रवन्धक, आरती स्ट्राईस प्रालि, विराटनगर, मोरङ ।
युक्ती गोल्छा, निर्देशक, हुलास वायर इण्डस्ट्रीज लिमिटेड, विराटनगर, मोरङ ।
चीनतर्फ रकमको आधारमा प्रथम, दोस्रो र तेश्रो स्थान हासिल गर्ने नेपाली निर्यातकर्ता उद्योगी ।
पेम्बा दोर्जे शेर्पा, प्रोपाइटर, न्यू हस्तकला एक्सपोर्ट, बौद्ध, काठमाडौँ ।
विश्व राज बस्नेत, व्यवस्थापक, गणेश हिमाल इम्पोर्ट एण्ड एक्सपोर्ट प्रा.लि. , ठमेल, काठमाडौं ।
मछिन्द्र पाण्डे, प्रोपाइटर, न्यु प्यागोडा इन्टरप्राइजेज, टोखा काठमाडौं ।
निर्यातकतासँग दोहोरो नपर्ने गरी नेपालको मौलिक सीप, कला र संस्कृति झस्किने हस्तकलाका बस्तुहरुको निर्यातबाट सबैभन्दा धेरै रकम भित्राउने निर्यातकर्ता
गोपीप्रसाद कँडेल, प्रोप्राइटर, पिपुल्स क्राफ्ट एक्सपोर्ट, बानियाटार, काठमाडौं ।
नियातकर्तासँग दोहोरो नपर्ने गरी वाणिज्य नीति २००२ र नेपाल व्यापार एकीकृत रणनीति २०७३ ले प्राथमिकतामा राखेका निर्यातसम्भावनायुक्त वस्तु
कृषिजन्य वस्तुतर्फ सजन कमार श्रेष्ठ, प्रवन्ध निर्देशक, मनराम हिमालयन हयाण्डीकाफट प्रा लि यालवाटार, काठमाडौ ।
जडीबुटीतर्फ निर्वाण कुमार चौधरी, अध्यक्ष, सीजी बायोटेक प्रालि, सानेपा, ललितपुर ।
निर्यात व्यापारमा कुल रकमको आधारमा सबभन्दा बढी रकमको निर्यात गर्ने महिला निर्यातकर्ता
राजलक्ष्मी गोल्छा, प्रबन्ध निर्देशक हलास वायर इण्डस्टीज लिमिटेड, विराटनगर मोरङ ।
सफ्टवेयर निर्यातमा रकमको आधारमा प्रथम स्थान हासिल गर्ने निर्यातकर्ता
दीपेश प्रधान, प्रवन्ध सञ्चालक, एलआरएम नेपाल प्रा.लि., मानभवन, ललितपुर ।
उद्योग स्थापना भई सञ्चालनमा रहेका सबैभन्दा बढी लगानी गर्ने स्वदेशी श्रम र सीप उपयोग गर्ने
लीक शु कुवाङ, प्रबन्ध निर्देशक, होङ्सी शिवम सिमेन्ट प्रालि, नक्साल, काठमाडौं ।
सबैभन्दा बही रोजगारी श्रृजना गर्ने उद्योगी व्यवसायी
पवन कमार गोल्याण, अध्यक्ष तथा प्रवन्ध संचालक, रिलायन्स स्पिनिङ मिल्स लि कमलादी, काठमाडौं ।
बैंकिङ्ग प्रणालीमार्फत विप्रेषणको कारोवार गरी सबैभन्दा बढी वैदेशिक मुद्रा भित्र्याउने विप्रेषण कम्पनी/व्यवसायी
चन्द्रप्रसाद ढकाल, अध्यक्ष, आइएमई लिमिटेड, पानीपोखरी, काठमाडौं ।
पर्यटन क्षेत्रमा सबैभन्दा बढी विदेशी मद्रा आर्जन गर्ने होटल व्यवसायी
सुरेशलाल श्रेष्ठ, कार्यकारी संचालक, तारागाउँ रिजेन्सी होटल्स लि. बीड, काठमाडौं ।
युवा उद्यमी व्यवसायीहरु मध्ये निर्यात व्यापार क्षेत्रमा सबभन्दा बढी निकासी गर्ने
महिलातफ-सुनिता शेर्पा, प्रबन्ध निर्देशक, फेल्ट एण्ड यार्न प्रालि, नयाँ बजार काठमाडौं ।
पुरुषतर्फ-अक्षय गोल्याण, सञ्चालक रिलायन्स स्पिनीङ मिल्स प्रालि, कमलादी, काठमाडौ ।
निर्यात व्यापारका साथै वाणिज्य क्षेत्रमा प्रवर्द्धनात्मक कार्य गरी आर्थिक विकासमा उल्लेख्य योगदान पुर्याउनेहरु
–भवानी राणा, अध्यक्ष, नेपाल उद्योग वाणिज्य महासंघ ।
–राजेशकाजी श्रेष्ठ अध्यक्ष, नेपाल चेम्बर अफ कमर्स ।
–सतिश कुमार मोर, अध्यक्ष, नेपाल उद्योग परिसंघ ।
क्याटेगोरी : समाचार
ट्याग : #व्यवसायी सरकारद्धारा सम्मानित
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्