Techie IT
सोमबार, चैत्र १०,२०८१

दोस्रो टोखा महोत्सव  व्यवस्थापनका लागि उपसमिति गठन (नामावलिसहित)


काठमाडौंः दोस्रो टोखा महोत्सवको व्यवस्थापकीय जिम्मेवारी पाएका नेवाः गुथि टोखाले टोखामा क्रियाशिल सामाजिक संघ,संस्था बौदिक व्यक्तित्व, व्यवसायी तथा पत्रकारहरुको भेला गरी विभिन्न उपसमितिहरु गठन गरिएको छ ।

टोखा नगरपालिकाको आयोजनामा आउँदो फागुन २३ देखि २५ गतेसम्म  हुन लागेको दोस्रो टोखा महोत्सवलाई लक्षित गर्दै  व्यवस्थापनका लागि आवश्यक उपसमितिहरुको गठन गरिएको हो ।

नेवाः गुथि टोखाका अध्यक्ष देवराज डंगोलको अध्यक्षतामा बसेको उक्त भेलाबाट निम्न ब्यक्ति तथा संस्थाको संयोजकत्वमा उपसमितिहरुको गठन गरिएको छ । जसमा

  • स्वयं सेवक तथा सुरक्षा उपसमिति                 –         संयोजकः राष्ट्रमान श्रेष्ठ (न्हुजः पुस्तकालय),
  • सरसफाई व्यवस्थापन उपसमिति                  –        संयोजकः  बालप्रेमी खेलकुड मण्डल
  • स्टल व्यवस्थापन उपसमिति                       –        संयोजकः हेरकाजी डंगोल
  • स्वागत सत्कार उपसमिति                             –           संयोजकः नेवाः गुथि तोखा महिला
  • मञ्च व्यवस्थापन उपसमिति                           –           संयोजकः श्री भगवती क्लब
  • यातायात तथा पार्किङ्ग व्यवस्थापन उपसमिति     –           संयोजकः टोखा युवा क्लब
  • पुरातात्वीक वस्तु संकलन/प्रर्दशन उपसमिति      –           संयोजकः मनिराज डंगोल (टोखा संस्कृति सम्पदा संरक्षण दबु)
  • पुरातात्वीक वस्तु/मठमन्दिर सजासजा उ.स.     –           संयोजकः राजेन्द्र श्रेष्ठ (पद्यम चक्र सहकारी)
  • हस्तकला प्रदर्शनी उपसमिति                         –           संयोजकः लघु उद्देमशील महिला समुह
  • संस्कार प्रदर्शनी उपसमिति                           –           संयोजकः धर्मराज श्रेष्ठ(‌ओम शान्ती)
  • सास्कृतिक झाकि तथा मौलिक बाजा व्यवस्थापन उ.स.-    संयोजकः हेम राज  श्रेष्ठ (मू नायः)
  • पर्यटन गाइड व्यवस्थापन उपसमिति                –           संयोजकः कर्ण बहादुर डंगोल
  • नेवारी भोज तथा प्रदर्शनी उपसमिति               –           संयोजकः पञ्च नारायण श्रेष्ठ
  • ऐतिहासिक फोटो तथा कला प्रदर्शनी उ.स.        –           संयोजकः हरि बहादुर श्रेष्ठ (टोखा कला पुचः)
  • कृषि तथा व्यापार व्यवसायी उपसमिति            –           संयोजकः राज कुमार अधिकारी
  • चाकु उत्पादन तथा उत्पादन उपसमिति             –           संयोजकः रामराज श्रेष्ठ (परम्परागत चाकु व्यवसायी संघ)
  • अध्ययन तथा स्मारीका प्रकाशन उपसमिति       –           संयोजकः दिपेन्द्र श्रेष्ठ (न्हुजः पुस्तकालय)

गठित उपसमितिहरुले ३ दिन भित्र आफ्नो उपसमितिको पूर्णता गरी त्यसको विवरण गुथिलाई बुझाउनु पर्नेछ । उपसमितिमा बढिमा २० जना तथा आवश्यकता अनुसार सदस्यहरु थप्न सकिनेछ ।

टोखा नगरपालिका २ वडाका अध्यक्ष दिपकराज जोशीले गठित उपसमितिमा सक्रिय तथा सबै नगरपालिकाका सदस्यहरु सहभागिहुने गरी अगाडि बढन सबै संयोजकहरुलाई सुझाव दिएका थिए । साथै उनले महोत्सव आयोजनाका लागि टोखा  न.पा. २ र ३ वडा सक्रिय र सक्षम रहेको भन्दा सबै जनाले आफ्नो जिम्मेवारीलाई सहिढंगमा निर्वाह गर्न समेत आग्रह गरेका थिए ।

टोखा नगरपालिका २ वडाका अध्यक्ष दिपकराज जोशीले गठित उपसमितिमा सक्रिय तथा सबै नगरपालिकाका सदस्यहरु सहभागिहुने गरी अगाडि बढन सबै संयोजकहरुलाई सुझाव दिएका थिए । उनले महोत्सव आयोजनाका लागि टोखा  न.पा. २ र ३ वडा सक्रिय र सक्षम रहेको भन्दा सबै जनाले आफ्नो जिम्मेवारीलाई सहिढंगमा निर्वाह गर्न समेत आग्रह गरेका थिए ।

तलेजुको कुमारी पाटी परिसरमा बसेको भेला नेवाः गुथि तोखाका महासचिव रमेश नापितले सञ्चालन गरेका थिए ।

न्यूज अफ टोखा बाट


क्याटेगोरी : समाचार
ट्याग : #दोस्रो टोखा महोत्सव


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
16°
Fair
6:01 am6:18 pm +0545