एक महिनाकी सुत्केरी गिट्टी कुट्दै बच्चा पढाउन बाध्य
भेरी नगरपालिका–२ बाहुनथानाकी २१ वर्षीया लक्ष्मी खड्का एक महिनाको दुधे बच्चा च्यापेर गिट्टी कुटिरहनुभएको छ । उहाँ सुत्केरी भएको दुई हप्ताभित्रै गिट्टी कुट्ने काममा लागिरहनुभएको छ । तीन छोरा, छोरीकी आमा भइसकेकी उहाँ गिट्टी कुट्ने ठाउँका कहिले शिशुलाई च्यापेर, त कहिले चिसो भुइँमा राखेर काम गरिहरनुभएको छ ।
उहाँका श्रीमान् प्रेम खड्का पनि सडकका पर्खाल लगाउने काम गर्नुहुन्छ । जाजरकोट–जुम्ला सडकखण्डअन्तर्गत खलङ्गा पाँचकाटिया सडकको ग्राभेलको काम अहिले जारी छ । “पढ्दापढ्दै छाडियो, अहिले गिट्टी कुटेर छोराछोरीसहित घरपरिवार चलाउनुपर्छ के गर्नु” लक्ष्मीले भन्नुभयो ।
उहाँजस्तै अर्की ४० वर्षीया भीमकुमारी खड्का चार छोराछोरीको पढाइका लागि गिट्टी कुटिरहनुभएको छ । “कुनै राजगारी छैन, यही गिट्टी कुटेर सबै परिवार पाल्नुपर्छ”, उहाँले भन्नुभयो, “छोरीहरु स्थानीय विद्यालयमा कक्षा ५ र ६ मा पढ्छन्, पढाइ खर्चका लागि भए पनि गिट्टीको सहारा लिएको छु, यसमै काम गने ठेकेदारले समयमा पैसा दिँदैनन् ।
” सोही सडक खण्डमा शङ्कर भवन मावि बाहुनथानामा कक्षा २ मा अध्ययनत् चन्द्रा घर्तीले बिहान–बेलुका गिट्टी कुटेर पढाइ खर्च जुटाउँदै आएकी छिन् । बिहान ७ बजे सडकछेउमा हथौडा र ढुङ्गाको भारी खातमा हाजिर हुने उनी साढे ९ बजे विद्यालय पुग्छिन् । उनी अपराह्न ३ बजेपछि पुनः गिट्टी कुट्न आउने गर्दछिन् । उनीसँगै कक्षा १ मा पढ्ने रुपेश पुन र कक्षा २ मा पढ्ने अस्मित पुन खर्चकै लागि गिट्टी कुट्दै आएका छन् ।
उनीहरुले दैनिक गिट्टी कुटेर बिक्री गरी पढाई खर्च जुटाउँदै आएका छन् घरमा आमा बाबाले कपडा सिलाउनुहुन्छ, हामी गिट्टी कुट्छौँ उनीहरुले भने । कक्षा ६ मा पढ्ने सिर्जना परियार र उनकी बहिनी कक्षा २ मा पढ्ने रोशनी परियारसँगै गिट्टी कुट्दैछन् । उनीहरु पनि दैनिक बिहान र बेलुका गिट्टी कुट्छन्, दिउँसो विद्यालय पढ्छन् । यसरी यहाँका अधिकांश जनजाति र दलित समुदायको जीवनयापन चलिरहेको छ ।
अर्थाभावका कारण यहाँका अधिकांश बालबालिका मात्र होइन, ज्येष्ठ नागरिकसमेत अर्थोपार्जनका लागि गिट्टीकै सहारा लिइरहेका छन् । छोरा, बुहारीले राम्रो गरेनन्, पेट पाल्नै प¥यो, मर्न सकिँदैन भन्दै गहँभरि आँसु झार्दै भेरी नपा–२ की ६२ वर्षीया छिता परियारले भन्नुभयो, “छोरीको बच्चा बोकेर गिट्टी कुट्न आएकी छु, घरमा छोरा र बुहारीले हेला गर्छन्, एक्लै बस्छु बाँच्नका लागि गिट्टी कुट्दैछु ।” उहाँहरुजस्तै अहिले जाजरकोट–खलङ्गादेखि पाँचकाटियासम्मको सडक निर्माण हुँदै गर्दा दर्जनाँै स्थानीयवासी गिट्टी कुटेर जीवन निर्वाह गरिरहेका छन् । अधिकांश ज्येष्ठ नागरिक र बालबालिका गिट्टी कुटिरहेका छन् । गिट्टी ठेकेदारले लिए पनि समयमा पैसा नदिएका कारण समस्यमा पर्दै आएको उनीहरुको गुनासो छ ।
गिट्टी कुटेर समयमै पैसा पाएको भए घरमा नुनतेल र खाद्यान्न खरीद गरेर दैनिक घर खर्च टार्न सजिलो हुने उनीहरुको भनाइ छ । सो सडकखण्डमा मात्र होइन, जाजरकोट–डोल्पा सडकखण्डको विभिन्न भागमा समेत गिट्टी कुटेर दैनिक गुजारा चलाउनको सङ्ख्या ठूलो छ । वैकल्पिक पेशा नभएका स्थानीयवासी तथा भारतसँगै अन्य मुलुक रोजगारीका लागि नगएकाहरु गिट्टी कुट्ने काममा व्यस्त भएका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #गिट्टी कुटेर पढाइ
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६टोखाका मेयर प्रकाश अधिकारीको जनकल्याणकारी घोषणा: नवशिशुका लागि रु ५,०००, मुटुरोगीलाई रु ५०,०००, क्यान्सर पीडितलाई रु ३५,००० र क्रियाखर्चमा रु १०,००० अनुदान
- ७तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ८पेप्सिकोलाको CBIA स्कुलको एसईई २०८१ मा ऐतिहासिक सफलता: २ विधार्थी ४ जी पी ए सहित ६५ विद्यार्थीमध्ये ५७ जनाको A+






तपाईको कमेन्ट लेख्नुहोस्