नुवाकोटको पञ्चकन्या गाउँपालिकामा लायन्स क्लव द्वारा शैक्षिक सामग्री वितरण
काठमाडौँ माघ । लायन्स क्लवले नुवाकोट पञ्चकन्या गाउँपालिका ५ मा रहेको भेडाबारी माध्यमिक विद्यालयमा विभिन्न सामग्री वितरण गरेको छ ।
लायन्स क्लव अफ काठमाडौँ सामाखुसी, लायन्स क्लव अफ काठमाडौँ लुम्विनी र लायन्स क्लव अफ काठमाडौँ रेनवोको संयुक्त आयोजनामा भएको कार्यक्रममा शैक्षिक तथा अन्य सामग्री वितरण गरिएको हो ।
विद्यार्थीहरुलाई स्कूल ड्रेस, न्यानो कपडा, स्टेशनरी सामग्री तथा खाजाको रुपमा गोल्डेन कुकिज वितरण गरिएको लायन्स क्लव काठमाडौँ लुम्बिनीका अध्यक्ष पोमनारायण अधिकारीले जानकारी दिनुभयो ।
अधिकारीले क्लवले विभिन्न खाले कार्यक्रम सञ्चालन गरेर दुःखी गरिव र समस्यामा परेका नागरिकलाई राहत तथा सहयोग प्रदान गरिरहेको बताउनुभयो ।
“निरन्तरका समाजिक गतिविधिले जनस्तरमा क्लवले राम्रो प्रभाव जमाउन सफल भएको छ” उहाँले भन्नुभयो, “क्लवमा जोडिएका सबैको साथ सहयोगले संस्थाको गरिमा बढ्दै गइरहेको छ ।” विद्यालयमै आइ विभिन्न सामग्री उपलव्ध गराएपछि विद्यार्थी, अभिभावक र शिक्षक खुसी भएका थिए ।
क्याटेगोरी : समाचार
ट्याग : #पञ्चकन्या गाउँपालिका
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्