काठमाडौँ १६मा माओवादी वडा कमिटीका अध्यक्षसहित ११ जनाले छाडे पार्टी
काठमाडौँ । माओवादी केन्द्रको काठमाडौँ महानगरपालिका १६ नम्बर वडा कमिटीका अध्यक्षसहित ११ जनाले पार्टी परित्यागको घोषणा गरेका छन् । वडा कमिटीका अध्यक्ष सुदन थापासहित ११ जनाले पार्टी परित्यागको घोषणा गरेका हुन् ।
देशको वर्तमान राजनीतिक परिस्थितिको गम्भीर समीक्षा तथा विश्लेषण गर्दै वडा नम्बर १६ को पार्टी कमिटीको जिम्मेवारीबाट अलग भएको उनीहरूले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । साथै काठमाडौँ महानगरपालिका वडा नं १६ को आसन्न उपनिर्वाचनमा उपयुक्त र सक्षम गैरदलीय स्वतन्त्र उम्मेदवारलाई सघाउने समेत विज्ञप्तिमा उल्लेख छ ।
पार्टी परित्याग गर्नेहरूमा महेन्द्र कुमार श्रेष्ठ , अनमोल राणा, सानु श्रेष्ठ, भरत श्रेष्ठ, ऋषिराम श्रेष्ठ, गज बहादुर बराल, उत्तर कुमार श्रेष्ठ र सुन माया तामाङलगायत रहेका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #काठमाडौँ १६मा माओवादी वडा कमिटीका अध्यक्षसहित ११ जनाले छाडे पार्टी
धेरै पढिएका
- १शिवपुरी जंगलमा गाडिएको अवस्थामा किशोरीको शव फेला
- २एमाले काठमाडौ जिल्ला कमिटिले तोक्यो बिभिन्न बिभाग पालिकाको जिम्मेवारी हेर्नुहोस कसलाई के के ? ( सूचिसहित )
- ३टोखाको मालुङ्ग प्लटीङ्गमा कपडामा पोको पारेर बेवारिसे अवस्थामा नवजात शिशु फेला
- ४मृत्युमार्ग जस्ता नेपालटार डाँडागाउँ सडक : जनजीविकासँग जोडिएको मुख्य सडक अलपत्र छोडेर गेट बनाउन ५२ लाखको ठेक्का
- ५काठमाडौको तारकेश्वर भयानक दुर्घटना, ३ जनाको घटना स्थलमै मृत्यु
- ६नेकपा एसका काठमाडौं जिल्ला उपाध्यक्ष र सचिवसहित थुप्रै नेताहरुद्वारा पार्टी परित्याग , आज एमालेमै फर्कीए ( हेनुहोस सूची )
- ७काभ्रेस्थली थुम्कीका गोपाल अधिकारी हराए , खोजी कार्यमा सहयोग गर्ने सबैमा अनुरोध
- ८नेपालटारको ग्रामिण आदर्श बहुमुखी क्याम्पसमा तोडफोड र ताला
तपाईको कमेन्ट लेख्नुहोस्