Techie IT
शुक्रबार, मंसीर २१,२०८१

बुटवलको मुख्य सडक: पुरानो ठेक्का रद्द गरी नयाँ ठेक्कामार्फत काम सुरु


रुपन्देही । ९ वर्षदेखि अलपत्र बुटवलको मुख्य सडक राजमार्ग चौराहादेखि चिडियाखोलासम्मको सडक निर्माणको काम सुरु भएको छ । यसअघि ठेक्का पाएको निर्माण कम्पनीले लामो समय काम पूरा नगरी अल्झाएपछि उसको ठेक्का रद्द गरेर नयाँ ठेक्कामार्फत सडक निर्माणको जिम्मा पाएको बावुल दर्शन मालिका जेभी भैरहवाले मंगलबारदेखि सडक निर्माणको काम सुरु गरेको हो ।

कञ्चनजंघा बिरुवा जेभीसँग वि.स. २०७३ साल चैत्र १७ गते २०७६ सम्ममा सडक विस्तार सक्ने गरी ५३ करोड ९७ लाख ९९ हजार ४०० रुपैयांमा ठेक्का सम्झौता भएको थियो । तर ९ वर्षसम्म पटक–पटक म्याद थप्दासमेत सडक विस्तार सम्पन्न नभएपछि गत वैशाखमा सडक डिभिजन कार्यालय बुटवलले उक्त ठेक्का रद्द गरेको थियो ।

पुरानो ठेक्का रद्द भएपछि नयाँ टेण्डर प्रकृयाबाट बावुल दर्शन मालिका जेभी भैरहवासँग असोज १८ गते १ वर्षभित्रमा काम सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएको सडक डिभिजन कार्यालय बुटवलका सूचना अधिकारी महेश्वर लम्सालले बताए । साढे ३ किलोमिटरको ६ लेन सडक विस्तार गर्न लागि भ्याटसहित ३३ करोडमा ठेक्का सम्झौता भएको सूचना अधिकारी लम्सालले बताए ।

बावुल दर्शन मालिका जेभी भैरहवाका रउफिक रहमन खानले सडक निर्माणको काम राती र दिउँसो दुई सिफ्टमा गर्ने र छठलगत्तै जनशक्ति पनि थप गरी तीव्र गतिमा निर्माण गर्ने जनाएका छन् । ‘मंगलबारदेखि इलाका प्रशासन कार्यालय नजिकबाट निर्माणको काम सुरु भएको छ, छठपछि जनशक्ति थपेर दिउँसो र राती गरी दुई चरणमा काम गरी तोकिएको समयसिमा भित्रै सडक निर्माणको काम सम्पन्न गर्नेगरी योजना बनाएका छौँ’ –उनले भने ।

सुरुमा खाली रहेको ठाउँमा निर्माणको काम गर्ने र त्यसपछि अन्य ठाउँको काम गर्ने र सडक निर्माण गर्दा धुलो उड्न नदिनका लागि पानी राख्ने खानले बताए ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu
11°
Mist
6:39 am5:09 pm +0545