रास्वपाले उम्मेदवारका आकांक्षीको नाम आव्हान गर्दै
ठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले स्थानीय तह उपनिर्वाचनका लागि आज उम्मेदवारका आकांक्षीहरूको नाम आह्वान गर्दैछ । उपनिर्वाचन हुने स्थानीय तहमा उम्मेदवार हुन चाहनेहरुले आफ्नो उम्मेदवारी दावी गर्न सक्नेछन् ।
बुधबार साँझ बसेको केन्द्रीय निर्वाचन समन्वय समितिको बैठकले सातै प्रदेशमा चुनाव परिचालन समिति गठन गर्ने र उम्मेदवारहरूको नाम आह्वान गर्ने निर्णय गरेको रास्वपाको केन्द्रीय निर्वाचन समन्वय समितिले जनाएको छ ।
एउटै पदको लागि एकभन्दा बढी उम्मेदवारको नाम परेमा प्राइमरी इलेक्सनबाट तय गर्ने जनाइएको छ । स्थानीय तहको निर्वाचनमा रास्वपा पहिलोपटक भाग लिन लागेको हो । स्थानीय तहमा रिक्त ४४ पदका लागि आगामी मंसिर १६ गते उपनिर्वाचन हुँदैछ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #रास्वपा
धेरै पढिएका
- १शिवपुरी जंगलमा गाडिएको अवस्थामा किशोरीको शव फेला
- २एमाले काठमाडौ जिल्ला कमिटिले तोक्यो बिभिन्न बिभाग पालिकाको जिम्मेवारी हेर्नुहोस कसलाई के के ? ( सूचिसहित )
- ३टोखाको मालुङ्ग प्लटीङ्गमा कपडामा पोको पारेर बेवारिसे अवस्थामा नवजात शिशु फेला
- ४मृत्युमार्ग जस्ता नेपालटार डाँडागाउँ सडक : जनजीविकासँग जोडिएको मुख्य सडक अलपत्र छोडेर गेट बनाउन ५२ लाखको ठेक्का
- ५काठमाडौको तारकेश्वर भयानक दुर्घटना, ३ जनाको घटना स्थलमै मृत्यु
- ६नेकपा एसका काठमाडौं जिल्ला उपाध्यक्ष र सचिवसहित थुप्रै नेताहरुद्वारा पार्टी परित्याग , आज एमालेमै फर्कीए ( हेनुहोस सूची )
- ७काभ्रेस्थली थुम्कीका गोपाल अधिकारी हराए , खोजी कार्यमा सहयोग गर्ने सबैमा अनुरोध
- ८नेपालटारको ग्रामिण आदर्श बहुमुखी क्याम्पसमा तोडफोड र ताला
तपाईको कमेन्ट लेख्नुहोस्